९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

आईपीएलः ‘विन्दास’ हैदरावाद, ‘गर या मर’को अवस्थामा मुम्बई

आईपीएलः ‘विन्दास’ हैदरावाद, ‘गर या मर’को अवस्थामा मुम्बई
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को यो सिजनमा आज अन्तिम दोहोरो हेडर खेल हुँदैछ । आजको पहिलो खेल मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद बीच मुम्बईको वानखेडे स्टेडियममा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यो दुवै टोलीको लिग चरणको अन्तिम खेल हुनेछ । दुवै टोली यो सिजन दोस्रो पटक भिड्दैछन् । पछिल्लो खेलमा दुवै टोली आमनेसामने हुँदा मुम्बईले हैदरावादलाई १४ रनले पराजित गरेको थियो । अर्कोतर्फ, आजको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्सबीच बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

मुम्बईले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले सात जित र छ खेलमा हार बेहोरेको छ । टोलीको १४ अंक छ । टोलीलाई प्लेअफको दौडमा रहन ८० रनभन्दा बढीको जित आवश्यक छ । बैंगलोरको हार मुम्बईको प्रमुख चाहना हो । साथै साँझको खेल जिते पनि बैंगलोरको रन रेट आफ्नोभन्दा कम होस् भन्ने मुम्बई चाहन्छ ।

हैदरावादविरुद्धको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, टिम डेभिड, क्रिस जोर्डन र जेसन बेहरेनडर्फ हुन सक्छन् । यी बाहेक सूर्यकुमार यादव, इशान किशन र पियुष चावला जस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

हैदरावादले यो सिजन अहिलेसम्म १३ खेल खेलेको छ । जसमा उसले चारमा मात्र जित र नौ खेलमा हार बेहोरेको छ । टोलीको आठ अंक छ र अंक तालिकाको पुछारमा रहँदै प्लेअफको दौडबाट बाहिर छ । मुम्बईविरुद्धको टोलीका ४ विदेशी खेलाडी एडन मार्कराम, हेनरिक क्लासेन, ह्यारी ब्रुक र ग्लेन फिलिप्स हुन सक्छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने मुम्बई र हैदरावादबीच हालसम्म कुल २० वटा खेल भएका छन् । जसमा मुम्बईले ११ खेल जितेको छ भने हैदरावादले ९ खेल जितेको छ ।

वानखेडे रंगशालाको पिच सधैं ब्याट्सम्यानको पक्षमा रहेको छ । बलरहरूले यो मैदानमा कडा मेहनत गर्नुपर्छ । आइतबार मुम्बईको मौसम गर्मी हुने भएको छ । तापक्रम २८ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहनेछ । बादल लाग्नेछ, वर्षाको सम्भावना छैन ।

दुबै टिमका सम्भावित सुरुवाती – ११
मुम्बई इन्डियन्सः रोहित शर्मा (कप्तान), इशान किशन (विकेटकिपर), क्यामरन ग्रीन, सूर्यकुमार यादव, नेहल वढेरा, टिम डेभिड, ऋतिक शोकिन, क्रिस जोर्डन, पियुष चावला, जेसन बेहरेनडोर्फ र आकाश मधवाल ।

सनराइजर्स हैदरावादः एडेन मार्कराम (कप्तान), अभिषेक शर्मा, राहुल त्रिपाठी, हेनरिक क्लासेन (विकेटकिपर), ह्यारी ब्रुक, ग्लेन फिलिप्स, अब्दुल समद, कार्तिक त्यागी, मयंक डागर, भुवनेश्वर कुमार र नितिश रेड्डी ।