९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जितसहित प्लेअफ पुग्न चाहन्छन् मुम्बई र बैंगलोर, दुई टोलीको हारको प्रार्थना गर्दै राजस्थान

जितसहित प्लेअफ पुग्न चाहन्छन् मुम्बई र बैंगलोर, दुई टोलीको हारको प्रार्थना गर्दै राजस्थान
photo: Rajasthan Royals
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लिग चरणका ६८ खेल सम्पन्न भएका छन् । अब लिगका २ खेल मात्र बाँकी छन् र ३ टोली प्लेअफमा प्रवेश गरेका छन् । एउटा स्थान खाली छ । यो एक स्थानका लागि ३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स र लखनऊ सुपरजायन्ट्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका छन् । अब बाँकी एक स्थानका लागि रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बई र बैंगलोरसँग आफ्ना अन्तिम लिग खेल जितेर शीर्ष ४ मा पुग्ने मौका छ भने राजस्थानको टोलीले भने आफ्ना सबै लिग खेल खेलिसकेकाले बैंगलोर र मुम्बईको नतिजा हेरेर बस्नेछ ।

आज सिजनको अन्तिम डबल हेडर दिन हो । अर्थात यस सिजनमा अन्तिम पटक एकै दिन दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई र हैदरावाद आमनेसामने हुनेछन् भने दोस्रो खेलमा बैंगलोरले गुजरातको सामना गर्नेछ ।

हालको अंक तालिका अनुसार गुजरात टाइटन्स (१८ अंक) पहिलो स्थानमा, चेन्नई (१७) दोस्रो र लखनउ (१७० तेस्रो स्थानमा छ । प्लेअफमा पुग्नका लागि १६ भन्दा बढी अंक आवश्यक छ, जुन यी तीनले हासिल गरेका छन् । अहिले चौथो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

बैंगलोर, राजस्थान र मुम्बईले यस स्थानका लागि दावी प्रस्तुत गर्दैछन् । तीनवटैको समान १४–१४ अंक छ । तर बैंगलोर र मुम्बईको एक–एक खेल हातमा छ, जबकि राजस्थानले आफ्ना सबै लिग खेल खेलिसकेको छ । यस्तो अवस्थामा बैंगलोर र मुम्बईसँग आफ्नो अन्तिम खेल जितेर आफ्नो दाबी बलियो बनाउने मौका छ भने राजस्थान यी दुई टोलीको खेलको नतिजामा निर्भर छ ।

यी ६ टोलीबाहेक कोलकाता, पञ्जाब, दिल्ली र हैदरावाद सबै खेल खेलेर प्लेअफको दौडबाट बाहिरिएका छन् ।

मुम्बई इन्डियन्स


रोहित शर्माको कप्तानीमा रहेको टोली तालिकाको छैठौं स्थानमा छ । टोलीको १३ खेलपछि १४ अंक छ, तर मुम्बईको नेट रनरेट ०.१२८ छ जुन बैंगलोर र राजस्थानभन्दा खराब छ । यस्तो अवस्थामा मुम्बईले आफ्नो अन्तिम लिग खेल ठूलो अन्तरले जित्नुपर्नेछ । यदि मुम्बईले हैदरावादविरुद्ध ८० वा सोभन्दा बढी रनले जित्यो भने उसको रन रेट आरसीबीभन्दा राम्रो हुनेछ । यस्तो अवस्थामा बैंगलोर १ रनले जित्यो भने मुम्बई क्वालिफाई हुनेछ । अर्कोतर्फ, यदि मुम्बईले १०० रनले जित्यो भने आरसीबीलाई छनोट हुन २२ रनको जित आवश्यक हुनेछ ।

यस्तो अवस्थामा, मुम्बई आफ्नो अन्तिम खेल सबैभन्दा ठूलो अन्तरले जित्न चाहन्छ, ताकि बैंगलोरले जितेको अवस्थामा पनि टोलीको नेट रन रेट राम्रो होस् । हारेको अवस्थामा मुम्बई प्लेअफको दौडबाट बाहिरिने छ । किनभने आरसीबीले अर्को खेल नराम्ररी हार्यो भने पनि ०.१४८ रन रेट भएको राजस्थान टोली क्वालिफाई हुनेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर


बैंगलोर अहिले चौंथो स्थानमा छ । उसको १४ अंक छ । टोलीको नेट रनरेट ०.१८० छ । फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबीले सिजनको अन्तिम लिग खेल आज साँझ ७ः४५ बजेदेखि आफ्नो घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्ससँग खेल्दैछ ।

प्लेअफमा प्रवेश गर्न आरसीबीले अन्तिम खेल ठूलो अन्तरले जित्नुपर्छ, ताकि मुम्बईले जित्यो भने पनि टोलीको रन रेट एमआईभन्दा राम्रो होस् । किनभने जित भए पनि आरसीबीको १६ अंक हुनेछ । मुम्बईले अन्तिम खेल जितेर समान १६ अंक जोड्न सक्छ ।

बैंगलोरको टोली गुजरातसँग हार्यो भने र मुम्बई पनि पराजित भएमा बैंगलोर प्लेअफमा पुग्न सक्छ । तर बैंगलोरले आफ्नो रनरेट मुम्बई र राजस्थान भन्दा राम्रो राख्नुपर्छ । यदि आरसीबी ६ वा सोभन्दा बढी रनले हार्यो भने उसको रन रेट राजस्थानभन्दा कम हुनेछ र राजस्थान प्लेअफमा पुग्नेछ ।

राजस्थान रोयल्स

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सले आफ्ना सबै लिग खेल खेलिसकेको छ । टोलीको १४ अंक मात्र छ । राजस्थान ०.१४८ को नेट रनरेटका साथ पाँचौं नम्बरमा छ । यस्तो अवस्थामा पनि प्लेअफमा छनोट हुन राजस्थानले मुम्बई र बैंगलोर ठूलो अन्तरले पराजित भएको चाहन्छ । बैंगलोर र मुम्बई दुबै टोली पराजित भएमा तीनै टोलीको १४ अंक हुनेछ । आज मुम्बईको हारपछि बैंगलोरले आफ्नो खेल ६ रनभन्दा बढीको अन्तरले हार्यो भने राजस्थान १४ अंकसहित प्लेअफमा पुग्नेछ । अर्को अवस्थामा गुजरातले बैंगलोरलाई १९.३ ओभर अगाडि खेल सकाएमा पनि राजस्थान प्लेअफमा पुग्नेछ ।