• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय ★   वडाध्यक्षलाई विद्यार्थीको प्रश्न: ‘खेल्ने सामग्री कसले दिन्छ ?’ ★   सुर्खेत बस दुर्घटना: दुईजनाको मृत्यु, २१ घाइते ★   सभामुखलाई धनराजको पत्र: रातो पासपोर्ट उत्खनन गर्ने गृहमन्त्रीमाथि कारबाही होस् ★   काँग्रेसलाई अध्यक्ष श्रेष्ठको प्रश्न: प्रधानमन्त्रीले विश्वासको मत माग्दा नाराबाजी गर्नु अर्थपूर्ण हो ? ★   काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला ★   टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीमा आउन सक्नेछन् फ्रेजर म्याकगर्क ★   यामी–आदित्यलाई पुत्रलाभ, के राखे छोराको नाम ? ★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन

जितसहित प्लेअफ पुग्न चाहन्छन् मुम्बई र बैंगलोर, दुई टोलीको हारको प्रार्थना गर्दै राजस्थान



photo: Rajasthan Royals

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लिग चरणका ६८ खेल सम्पन्न भएका छन् । अब लिगका २ खेल मात्र बाँकी छन् र ३ टोली प्लेअफमा प्रवेश गरेका छन् । एउटा स्थान खाली छ । यो एक स्थानका लागि ३ टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।

डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स, चेन्नई सुपर किंग्स र लखनऊ सुपरजायन्ट्सले प्लेअफमा आफ्नो स्थान पक्का गरेका छन् । अब बाँकी एक स्थानका लागि रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । मुम्बई र बैंगलोरसँग आफ्ना अन्तिम लिग खेल जितेर शीर्ष ४ मा पुग्ने मौका छ भने राजस्थानको टोलीले भने आफ्ना सबै लिग खेल खेलिसकेकाले बैंगलोर र मुम्बईको नतिजा हेरेर बस्नेछ ।

आज सिजनको अन्तिम डबल हेडर दिन हो । अर्थात यस सिजनमा अन्तिम पटक एकै दिन दुई खेल हुनेछन् । पहिलो खेलमा मुम्बई र हैदरावाद आमनेसामने हुनेछन् भने दोस्रो खेलमा बैंगलोरले गुजरातको सामना गर्नेछ ।

हालको अंक तालिका अनुसार गुजरात टाइटन्स (१८ अंक) पहिलो स्थानमा, चेन्नई (१७) दोस्रो र लखनउ (१७० तेस्रो स्थानमा छ । प्लेअफमा पुग्नका लागि १६ भन्दा बढी अंक आवश्यक छ, जुन यी तीनले हासिल गरेका छन् । अहिले चौथो स्थानका लागि प्रतिस्पर्धा भइरहेको छ ।

बैंगलोर, राजस्थान र मुम्बईले यस स्थानका लागि दावी प्रस्तुत गर्दैछन् । तीनवटैको समान १४–१४ अंक छ । तर बैंगलोर र मुम्बईको एक–एक खेल हातमा छ, जबकि राजस्थानले आफ्ना सबै लिग खेल खेलिसकेको छ । यस्तो अवस्थामा बैंगलोर र मुम्बईसँग आफ्नो अन्तिम खेल जितेर आफ्नो दाबी बलियो बनाउने मौका छ भने राजस्थान यी दुई टोलीको खेलको नतिजामा निर्भर छ ।

यी ६ टोलीबाहेक कोलकाता, पञ्जाब, दिल्ली र हैदरावाद सबै खेल खेलेर प्लेअफको दौडबाट बाहिरिएका छन् ।

मुम्बई इन्डियन्स


रोहित शर्माको कप्तानीमा रहेको टोली तालिकाको छैठौं स्थानमा छ । टोलीको १३ खेलपछि १४ अंक छ, तर मुम्बईको नेट रनरेट ०.१२८ छ जुन बैंगलोर र राजस्थानभन्दा खराब छ । यस्तो अवस्थामा मुम्बईले आफ्नो अन्तिम लिग खेल ठूलो अन्तरले जित्नुपर्नेछ । यदि मुम्बईले हैदरावादविरुद्ध ८० वा सोभन्दा बढी रनले जित्यो भने उसको रन रेट आरसीबीभन्दा राम्रो हुनेछ । यस्तो अवस्थामा बैंगलोर १ रनले जित्यो भने मुम्बई क्वालिफाई हुनेछ । अर्कोतर्फ, यदि मुम्बईले १०० रनले जित्यो भने आरसीबीलाई छनोट हुन २२ रनको जित आवश्यक हुनेछ ।

यस्तो अवस्थामा, मुम्बई आफ्नो अन्तिम खेल सबैभन्दा ठूलो अन्तरले जित्न चाहन्छ, ताकि बैंगलोरले जितेको अवस्थामा पनि टोलीको नेट रन रेट राम्रो होस् । हारेको अवस्थामा मुम्बई प्लेअफको दौडबाट बाहिरिने छ । किनभने आरसीबीले अर्को खेल नराम्ररी हार्यो भने पनि ०.१४८ रन रेट भएको राजस्थान टोली क्वालिफाई हुनेछ ।

रोयल च्यालेन्जर्स बैंगलोर


बैंगलोर अहिले चौंथो स्थानमा छ । उसको १४ अंक छ । टोलीको नेट रनरेट ०.१८० छ । फाफ डु प्लेसिसको कप्तानीमा रहेको आरसीबीले सिजनको अन्तिम लिग खेल आज साँझ ७ः४५ बजेदेखि आफ्नो घरेलु मैदानमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्ससँग खेल्दैछ ।

प्लेअफमा प्रवेश गर्न आरसीबीले अन्तिम खेल ठूलो अन्तरले जित्नुपर्छ, ताकि मुम्बईले जित्यो भने पनि टोलीको रन रेट एमआईभन्दा राम्रो होस् । किनभने जित भए पनि आरसीबीको १६ अंक हुनेछ । मुम्बईले अन्तिम खेल जितेर समान १६ अंक जोड्न सक्छ ।

बैंगलोरको टोली गुजरातसँग हार्यो भने र मुम्बई पनि पराजित भएमा बैंगलोर प्लेअफमा पुग्न सक्छ । तर बैंगलोरले आफ्नो रनरेट मुम्बई र राजस्थान भन्दा राम्रो राख्नुपर्छ । यदि आरसीबी ६ वा सोभन्दा बढी रनले हार्यो भने उसको रन रेट राजस्थानभन्दा कम हुनेछ र राजस्थान प्लेअफमा पुग्नेछ ।

राजस्थान रोयल्स

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्सले आफ्ना सबै लिग खेल खेलिसकेको छ । टोलीको १४ अंक मात्र छ । राजस्थान ०.१४८ को नेट रनरेटका साथ पाँचौं नम्बरमा छ । यस्तो अवस्थामा पनि प्लेअफमा छनोट हुन राजस्थानले मुम्बई र बैंगलोर ठूलो अन्तरले पराजित भएको चाहन्छ । बैंगलोर र मुम्बई दुबै टोली पराजित भएमा तीनै टोलीको १४ अंक हुनेछ । आज मुम्बईको हारपछि बैंगलोरले आफ्नो खेल ६ रनभन्दा बढीको अन्तरले हार्यो भने राजस्थान १४ अंकसहित प्लेअफमा पुग्नेछ । अर्को अवस्थामा गुजरातले बैंगलोरलाई १९.३ ओभर अगाडि खेल सकाएमा पनि राजस्थान प्लेअफमा पुग्नेछ ।