२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिघण्टा १ लाख रुपैया कमाउँछन् भारतीय क्रिकेटर



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट खेलाडी क्रिकेटको क्षेत्रमा विश्वमै सर्वाधिक कमाई गर्ने खेलाडीमा पर्दछन् । 

भारतीय क्रिकेट कन्ट्रोलर बोर्ड ९बीसीसीआई०ले हरेक वर्ष खेलाडीहरुको वरियता सार्वजनिक गर्छ । बोर्डले खेलाडीलाई ४ श्रेणीमा बाँडेको छ । जसमा एप्लस, ए, बी र सी ग्रेडहरु रहेका छन् । 

एप्लस ग्रेडका खेलाडीहरुलाई वर्षेनी ७ करोड, ए ग्रेडका खेलाडीलाई ५ करोड, बी ग्रेडका खेलाडीलाई ३ र सी ग्रेडका खेलाडीलाई १ करोड पारिश्रमिक प्राप्त हुन्छ । ती खेलाडीहरु एक खेल पनि नखेल्दा उनीहरुले पाउने उक्त पारिश्रमिक दिइन्छ । 

खेलाडीहरुलाई बीसीसीआइबाट प्राप्त हुने यस रकमबाहेक म्याच फिस पनि प्राप्त हुन्छ । उनीहरुलाई एक टेस्ट म्याचको लागि १५ लाख, एक एकदिवसीय खेलका लागि ६ लाख र एक टी२० खेलका लागि ३ लाख रुपैया प्राप्त हुन्छ । 

यदि कुनै खेलाडी प्लेइंग ११ मा पर्दैनन् भनेपनि उनीहरुलाई ५० प्रतिशत रकम प्राप्त हुन्छ । सामान्यतया एक टी२० खेल ३ घण्टाको हुन्छ । यसरी हिसाब गर्दा उनीहरुले ३ घण्टामा ३ लाख रुपैया कमाई गर्छन् । खेलाडीहरुलाई यसका अलावा अन्य पारिश्रमिक पनि प्राप्त हुन्छ । जसलाई 'बोनस मनी' भनिन्छ । 

यो पुरस्कार टेस्ट क्रिकेटरले प्राप्त गर्छन् । पूर्व क्रिकेटर आकाश चोपडाले एक अन्तर्वार्तामा बताएअनुसार यदि कुनै खेलाडीले दोहोरो शतक खेलेमा उसलाई अतिरिक्त ७ लाख रुपैया प्राप्त हुन्छ । 

जबकि शतकीय पारी खेलेमा ५ लाख प्राप्त गर्छन् । यस्तै यदि कुनै बलरले ५ विकेट लिएमा उसलाई ५ लाख बोनस मिल्छ । यो रकम तलब बाहेकै रहेको हुन्छ ।