२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

प्रतिघण्टा १ लाख रुपैया कमाउँछन् भारतीय क्रिकेटर

प्रतिघण्टा १ लाख रुपैया कमाउँछन् भारतीय क्रिकेटर
अ अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट खेलाडी क्रिकेटको क्षेत्रमा विश्वमै सर्वाधिक कमाई गर्ने खेलाडीमा पर्दछन् । 

भारतीय क्रिकेट कन्ट्रोलर बोर्ड ९बीसीसीआई०ले हरेक वर्ष खेलाडीहरुको वरियता सार्वजनिक गर्छ । बोर्डले खेलाडीलाई ४ श्रेणीमा बाँडेको छ । जसमा एप्लस, ए, बी र सी ग्रेडहरु रहेका छन् । 

एप्लस ग्रेडका खेलाडीहरुलाई वर्षेनी ७ करोड, ए ग्रेडका खेलाडीलाई ५ करोड, बी ग्रेडका खेलाडीलाई ३ र सी ग्रेडका खेलाडीलाई १ करोड पारिश्रमिक प्राप्त हुन्छ । ती खेलाडीहरु एक खेल पनि नखेल्दा उनीहरुले पाउने उक्त पारिश्रमिक दिइन्छ । 

खेलाडीहरुलाई बीसीसीआइबाट प्राप्त हुने यस रकमबाहेक म्याच फिस पनि प्राप्त हुन्छ । उनीहरुलाई एक टेस्ट म्याचको लागि १५ लाख, एक एकदिवसीय खेलका लागि ६ लाख र एक टी२० खेलका लागि ३ लाख रुपैया प्राप्त हुन्छ । 

यदि कुनै खेलाडी प्लेइंग ११ मा पर्दैनन् भनेपनि उनीहरुलाई ५० प्रतिशत रकम प्राप्त हुन्छ । सामान्यतया एक टी२० खेल ३ घण्टाको हुन्छ । यसरी हिसाब गर्दा उनीहरुले ३ घण्टामा ३ लाख रुपैया कमाई गर्छन् । खेलाडीहरुलाई यसका अलावा अन्य पारिश्रमिक पनि प्राप्त हुन्छ । जसलाई 'बोनस मनी' भनिन्छ । 

यो पुरस्कार टेस्ट क्रिकेटरले प्राप्त गर्छन् । पूर्व क्रिकेटर आकाश चोपडाले एक अन्तर्वार्तामा बताएअनुसार यदि कुनै खेलाडीले दोहोरो शतक खेलेमा उसलाई अतिरिक्त ७ लाख रुपैया प्राप्त हुन्छ । 

जबकि शतकीय पारी खेलेमा ५ लाख प्राप्त गर्छन् । यस्तै यदि कुनै बलरले ५ विकेट लिएमा उसलाई ५ लाख बोनस मिल्छ । यो रकम तलब बाहेकै रहेको हुन्छ ।