२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘यात्री’ दर्तामा फेरि समस्या भयो– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले विद्युतीय सवारी साधन बनाइरहको यात्रीको दर्ता प्रक्रियामा फेरि समस्या देखिएको बताउनुभएको छ ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले भ्याट तिरेको ३५ दिनभित्र दर्ता गरेन भन्दै सरकारले जरिवाना लिने गरेको बताउनुभयो ।

“विद्युतीय सवारी साधन बनाइरहेको यात्रीले दर्ता नपाएपछि प्रधानमन्त्रीको निर्देशनमा कार्यविधि संशोधन भयो। दर्ता भयो। सरकारको तारिफ पनि भयो। तर अहिले आएर दर्ता प्रक्रियामा फेरि समस्या देखिएको छ, उहाँले भन्नुभयो, “सरकार भन्छ भ्याट बिल तिरेको ३५ दिनभित्र दर्ता भएन भने जरिवाना लाग्छ।”

पहिले कानून नहुँदा यात्रीको दर्ता नभएको उल्लेख गर्दै सांसद थापाले भन्नुभयो, “पहिले कानून थिएन। दर्ता भएन। अहिले कानून बन्यो दर्ता भयो तर आफैँ ढिलो कानून बनाउने निकायले दर्ता ढिलो किन गरिस् भनेर जरिवाना लिन्छ ।”

सरकारको यो कमजोरीको भारी उद्यमीलाई बोकाउन नमिल्ने भन्दै उहाँले भन्नुभयो, “स्वदेशी उत्पादन किन्ने र उपभोग बढाउँछु भन्ने नीति बोकेको सरकारले असल नियतसाथ काम गरिरहेको उद्यमीलाई निरूसाहित हुन नदियोस्। आफ्नो नीतिको लाज राखोस्, सरकारको ध्यानाकर्षण गराउँछु ।”