२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

मौसम: नेपालमा औसतभन्दा धेरै पानी पर्ने अनुमान

मौसम: नेपालमा औसतभन्दा धेरै पानी पर्ने अनुमान
अ अ+ अ-

काठमाडौं । झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमै नेपाल भित्रने मौसमविद्हरूले बताएका छन्। मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने मौसमविद्हरू बताउनु भयो।

यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ। "औसतको १० प्रतिशत तलमाथि भएसम्म हामी सामान्य मनसुन भन्ने गर्छौ," जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए। दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपाललगायत यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ।

तर कुन स्थानमा कति पानी पर्ला अनि धेरै पानी थोरै समयमा पर्ला कि चार महिनासम्म फैलिएर पर्ला भन्ने जस्ता विषय महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्। "पहाडी भूभागमा पहिरो अनि अन्यत्र बाढीबारे सचेत हुनुपर्छ। निरन्तर झरी पर्ने र अनि केही समय रोकिने मनसुनको विशेषता हो। यो मौसममा खासगरी रातिको समय धेरै झरी पर्ने गर्छ," उहाँले भन्नुभयो।

सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ। "हामीले नेपालमा मनसुन जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गर्छ भन्नुपर्छ," मौसमविद् पौडेलले बताउनुभयो।

उहाँका अनुसार ३०-३० वर्षमा सरदर वर्षा अवधिका आँकडाहरू तुलना गरेर मनसुन अवधिमा हेरफेर गरिन्छ। "अहिले सन् २०२० सम्मको तीस वर्षीय अवधिको आँकडाहरू हेरेर यो नयाँ मिति तोकिएको हो।"

यसपटक मनसुनभन्दा पहिलेको प्रि-मनसुन भनिने अवधि भने सन्तोषजनक नभएको मौसमविद्हरू बताउँनु हुन्छ । जाडो याममा पनि खासै पानी नपर्नु अनि लामो समय सुख्खा रहँदा व्यापक स्तरमा डढेलो र वायु प्रदूषण फैलिएको थियो।