५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सहिदको सूची कुन आधारमा निकाल्यो?– गोकुल बास्कोटा



अ+ अ-

काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले सहिदको सूची कुन आधारमा निकालेको भन्दै प्रश्न गरेका छन्।

आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

‘सरकारले झण्डै ६७ हजार जनाको सहिदको सूची निकाल्यो। मेरो जिल्लाको पूर्वमाओवादी नेता यानप्रसाद गौतम सहिद हो कि गद्दार हो ? राजु भुजेल सहिद हो कि गद्दार हो ? जवाफ चाहियो ?’, उनले भने, ‘न राज्य जिम्मा लिन्छ न तत्कालीन विद्रोही ? यो कसरी निकालियो ?’

यस्तै, उनले हिजो पाँचखालमा परेको पानीले सयौँ रोपनी बाली नष्ट गरेको भन्दै बाली बिमा र तटबन्धको निर्माण गर्न माग गरे। उनले धुलिखेलदेखि बनेपासम्मको सडकमा चाँडै बनाउन समेत माग गरे।