२५ भाद्र २०८३, बिहीबार
,
Latest
नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल भूगोलअनुसारको कानून निर्माण गर्न एशियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता आवश्यकः मन्त्री गौतम अन्नपूर्ण स्पाइकर एनभिएलको फाइनलमा काठमाडौँमा ‘सावेन’ को ऐतिहासिक प्रथम महासभा सुरु : सीमापार वन्यजन्तु अपराध रोक्न दक्षिण एसियाली सहकार्यमा… बागमती प्रदेश सरकारको निर्णय : कर्मचारीको नयाँ तलबमान , बाख्रा र मत्स्य विकास केन्द्र पुनः… हानि र नोक्सानी सम्बोधन कोषद्वारा नेपालले पठाएको पत्रको जवाफ प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोडभन्दा बढी मौज्दात भोटेकोशी बाढी : उत्पादन क्षेत्रमा डेढ खर्ब क्षतिको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहम र क्रिस्टल प्यालेसले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहम र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३४ औं मिनेटमा ओड्सोने एडवार्डले गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर मित्रोभिचले पेनाल्टीमा गोल गर्दै फुलहमलाई १–१ को बराबरीम ल्याए ।

६१ औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल थप्दै फुलहमलाई २–१ गोलले अघि बढाए । तर, ८३ औं मिनेटमा जोएल वार्डले गोल गर्दै प्यालेसलाई २–२ को बराबरी गर्दै हारबाट जोगाए ।

फुलहम ३७ खेलबाट ५२ अंकका साथ तालिकाको १० औं स्थानमा रहँदा समान खेलबाट प्यालेस ४४ अंकका साथ ११ औं स्थानमा छ ।




भर्खरै