४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुलहम र क्रिस्टल प्यालेसले अंक बाँडे



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहम र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ३४ औं मिनेटमा ओड्सोने एडवार्डले गोल गर्दै प्यालेसलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा अलेक्जान्डर मित्रोभिचले पेनाल्टीमा गोल गर्दै फुलहमलाई १–१ को बराबरीम ल्याए ।

६१ औं मिनेटमा व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल थप्दै फुलहमलाई २–१ गोलले अघि बढाए । तर, ८३ औं मिनेटमा जोएल वार्डले गोल गर्दै प्यालेसलाई २–२ को बराबरी गर्दै हारबाट जोगाए ।

फुलहम ३७ खेलबाट ५२ अंकका साथ तालिकाको १० औं स्थानमा रहँदा समान खेलबाट प्यालेस ४४ अंकका साथ ११ औं स्थानमा छ ।