२५ श्रावण २०८३, सोमबार
,
Latest
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई आईपीएलको प्लेअफमा



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाएको छ ।

शनिबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नईले प्लेअफमा स्थान बनाएको हो । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।

२२४ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा रनमात्रै बनाउन सक्यो । कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोडे । उनले ७ चौका र ५ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने त्यति रन बनाउन सकेनन् ।

पृथ्वी शा (७ बलमा ५), फिल शाल्ट ( ६ बलमा ३ रन) रिले रोसोउ ( शून्य रन), यश धुल (१५ बलमा १३), अक्षर पटेल (८ बलमा १५), अमान हाकिम खान (९ बलमा ७ रन) बनाउँदै आउट भए ।

चेन्नईका लागि दीपक चाहरले तीन, महिश तीक्षाना र मथिशा पथिरानाले दुई–दुई विकेट लिए भने तुषार देशपाण्डे र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

त्यसअघि दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २२३ रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोनवेले ८७ तथा ऋतुराज गायकवाडले ७९ रनको इनिङ खेले । ५२ बल खेलेका कोनवेले ११ चौका र ३ छक्का प्रहार गर्दा ५० बल खेलेका गायकवाडले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, शिवम दुवेले ९ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजा ७ बलमा २० रनमा तथा महेन्द्र सिंह धोनी ४ बलमा ५ रनमा अविजित रहे ।

दिल्लीका लागि बलिङतर्फ खलिल अहमद, चेतन साकरिया र एनरिक नोत्र्याले एक–एक विकेट लिए । यो खेल जितेमा चेन्नई प्लेअफमा पुग्नेछ । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।