• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक ★   को हुन् हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका इरानी राष्ट्रपति रइसी जसको निधनले विश्व हल्लाएको छ ★   सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडा मरे ★   प्रदीप खड्का: रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म ★   प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतविभाजनमा यस्तो देखियो – फोटोफिचर

दिल्लीलाई ७७ रनले हराउँदै चेन्नई आईपीएलको प्लेअफमा



एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान बनाएको छ ।

शनिबार साँझ सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले पराजित गर्दै चेन्नईले प्लेअफमा स्थान बनाएको हो । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।

२२४ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा रनमात्रै बनाउन सक्यो । कप्तान डेभिड वार्नरले ५८ बलमा ८६ रन जोडे । उनले ७ चौका र ५ छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले भने त्यति रन बनाउन सकेनन् ।

पृथ्वी शा (७ बलमा ५), फिल शाल्ट ( ६ बलमा ३ रन) रिले रोसोउ ( शून्य रन), यश धुल (१५ बलमा १३), अक्षर पटेल (८ बलमा १५), अमान हाकिम खान (९ बलमा ७ रन) बनाउँदै आउट भए ।

चेन्नईका लागि दीपक चाहरले तीन, महिश तीक्षाना र मथिशा पथिरानाले दुई–दुई विकेट लिए भने तुषार देशपाण्डे र रवीन्द्र जडेजाले एक–एक विकेट लिए ।

त्यसअघि दिल्लीको अरुण जेटली स्टेडियममा टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २२३ रन जोडेको थियो ।

चेन्नईका लागि डेभोन कोनवेले ८७ तथा ऋतुराज गायकवाडले ७९ रनको इनिङ खेले । ५२ बल खेलेका कोनवेले ११ चौका र ३ छक्का प्रहार गर्दा ५० बल खेलेका गायकवाडले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, शिवम दुवेले ९ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजा ७ बलमा २० रनमा तथा महेन्द्र सिंह धोनी ४ बलमा ५ रनमा अविजित रहे ।

दिल्लीका लागि बलिङतर्फ खलिल अहमद, चेतन साकरिया र एनरिक नोत्र्याले एक–एक विकेट लिए । यो खेल जितेमा चेन्नई प्लेअफमा पुग्नेछ । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।