• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

चीनसँग ‘स्थिर’ सम्बन्ध चाहेको जी–सेभेन नेताहरूको भनाइ



हिरोसिमा, जापान । आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन)का नेताहरूले एशिया–प्रशान्त क्षेत्रमा चीनले गरिरहेको ‘सैन्य गतिविधि’लाई लिएर शनिबार चासो व्यक्त गरेका छन् ।

हिरोसिमामा भएको शिखर सम्मेलनमा जारी अन्तिम वक्तव्यमा उनीहरूले चीनको आर्थिक र सैन्य गतिविधिबारे चिन्ता व्यक्त गर्दै चीनको यस सन्दर्भमा ‘स्थिर र रचनात्मक’ सम्बन्ध रहनुपर्ने बताएका छन् ।

उनीहरूले सहकार्यका लागि ढोका खुला राख्न र विश्वको दोस्रो ठूलो अर्थतन्त्र, प्रमुख पश्चिमी शक्तिहरू र जापानबीचको तनावलाई थप भड्काउनबाट जोगाउन पनि खोजेको बताएका छन् ।

“चीनसँग खुलेर कुरा गर्ने र प्रत्यक्ष रूपमा आफ्ना चिन्ता व्यक्त गर्ने महत्वलाई बुझेर हामी चीनसँग रचनात्मक र स्थिर सम्बन्ध निर्माण गर्न तयार छौं,” समूहले भनेको छ ।

“हाम्रो नीतिगत दृष्टिकोण चीनलाई हानि पु¥याउने उद्देश्यले डिजाइन गरिएको होइन, न त हामी चीनको आर्थिक प्रगति र विकासलाई अवरुद्ध गर्न चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ । जी–सेभेन राष्ट्रहरूले ‘छुट्टाउने वा हस्तक्षेप’ गर्ने काम गरिनरहेको बताएका छन् ।

तैपनि, यो भाषाले कूटनीतिक विवादमा व्यापारिक उपायहरू लागू गर्न बेइजिङको इच्छा र संवेदनशील आपूर्ति शृङ्खलाहरूलाई चिनियाँ प्रभावबाट हटाउन जी–७ को दृढताको बारेमा समूहको व्यापक चिन्तालाई स्पष्ट पारेको थियो ।

सम्मेलनमा समूहले आर्थिक लचिलोपनका लागि जोखिम कम गर्न र विविधीकरण गरिरहेको र महत्वपूर्ण आपूर्ति शृङ्खलामा अत्यधिक निर्भरता कम गर्ने प्रतिबद्धता व्यक्त गरिएको जनाएको छ ।

दक्षिण चीन सागरमा चीनको ‘सैन्यीकरण’ विरुद्ध चेतावनी दिँदै समूहले ताइवान टापू क्षेत्रमा ‘शान्ति र स्थिरता’ विश्व सुरक्षाका लागि ‘अपरिहार्य’ रहेको दोहोर्याएको छ ।

समूहले चीनलाई रूससँगको आफ्नो प्रभाव प्रयोग गरी आफ्नो सैन्य आक्रामकता रोक्न र युक्रेनबाट तत्काल, पूर्ण र बिनाशर्त आफ्ना सेना फिर्ता लिन आग्रह गरेको छ ।