२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो
अ अ+ अ-

एजेन्सी । ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ । कोभिडबाट यहाँ एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ मंगलबार मात्र २ हजार ३७८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट एक हजार जनाको मात्र ज्यान गएको थियो । तर त्यसको २४ घन्टापछि मंगलबार मात्र यहाँका २ हजार ३७८ जना संक्रमितको यस कोरोनाको सङ्क्रमणबाट ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७६ हजार सात सयभन्दा बढी पुगेको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी मंगलबार मात्र त्यस अघिको २४ घण्टामा ब्राजिलमा करिब ५३ हजार जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि  जानकारी दिइएको छ ।

अघिल्लो दिनमात्र अर्थात् सोमबार यहाँका करिब ३७ हजार जनामा मात्र सङक्रमण देखिएकोमा त्यसमा बृद्धि भएको पनि बताइएको छ । यो संख्या सँगै ब्रालिजमा कूल संक्रमितको संख्या यहाँका १ करोड ७० लाख ३७ हजारभन्दा बढी पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

ब्राजिलमा पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको बताइए पनि पछिल्ला दिनमा आएर मृत्युको संख्या झनै बढेको देखिएको अधिकारीहरुले जनाएका छन् । ब्राजिलको साओ पाओलो शहरमा शुरुदेखि कोरोना संक्रमण बढी मात्रामा हुदै आएको छ । अमेरिकापछि सबैभन्दा बढी ब्राजिलका मानिसको कोरोना महामारीबाट ज्यान गएको छ ।