२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले दिल्लीलाई दियो २२४ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २२३ रन जोडेको हो ।

चेन्नईका लागि डेभोन कोनवेले ८७ तथा ऋतुराज गायकवाडले ७९ रनको इनिङ खेले । ५२ बल खेलेका कोनवेले ११ चौका र ३ छक्का प्रहार गर्दा ५० बल खेलेका गायकवाडले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, शिवम दुवेले ९ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजा ७ बलमा २० रनमा तथा महेन्द्र सिंह धोनी ४ बलमा ५ रनमा अविजित रहे ।

दिल्लीका लागि बलिङतर्फ खलिल अहमद, चेतन साकरिया र एनरिक नोत्र्याले एक–एक विकेट लिए । यो खेल जितेमा चेन्नई प्लेअफमा पुग्नेछ । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।