२२ मंसिर २०८२, सोमबार
,
Latest
ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र प्रधानमन्त्री कार्की भेट्न दुर्गा प्रसाईं सिंहदरबारमा देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ: गृहमन्त्री अर्याल अर्थमन्त्रीबाट निर्माणाधिन जालपादेवी केवलकारको अवलोकन सामान्य अंकले घट्यो नेप्से राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ अण्डाको मूल्य हालसम्मकै उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नईले दिल्लीलाई दियो २२४ रनको लक्ष्य



अ+ अ-

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २२४ रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ३ विकेटको क्षतिमा २२३ रन जोडेको हो ।

चेन्नईका लागि डेभोन कोनवेले ८७ तथा ऋतुराज गायकवाडले ७९ रनको इनिङ खेले । ५२ बल खेलेका कोनवेले ११ चौका र ३ छक्का प्रहार गर्दा ५० बल खेलेका गायकवाडले ३ चौका र ७ छक्का प्रहार गरे ।

यस्तै, शिवम दुवेले ९ बलमा २२ रन जोडे । उनले ३ छक्का प्रहार गरे । रवीन्द्र जडेजा ७ बलमा २० रनमा तथा महेन्द्र सिंह धोनी ४ बलमा ५ रनमा अविजित रहे ।

दिल्लीका लागि बलिङतर्फ खलिल अहमद, चेतन साकरिया र एनरिक नोत्र्याले एक–एक विकेट लिए । यो खेल जितेमा चेन्नई प्लेअफमा पुग्नेछ । दिल्ली भने यसअघि नै प्लेअफबाट बाहिरिइसकेको छ ।