२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश २ मा कांग्रेसलाई तीन मन्त्रालय, आजै सपथ हुने



अ+ अ-

धनुषा ।  प्रदेश २ को सरकारमा नेपली कांग्रेस पनि सहभागी हुने भएको छ । कांग्रेस तीन मन्त्रालय लिएर प्रदेश २ सरकारमा सहभागी हुने भएको हो । 

आज साँझ साढे ७ बजे सपथग्रहण कार्यक्रम राखिएको स्रोतले बताएको छ ।

नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन् । यादवले भौतिक मन्त्रालय, शर्माले खानेपानी तथा सिँचाई र सिंहले सञ्चार मन्त्रालयमा नियुक्त हुन लागेको बताइएको छ ।