२७ मंसिर २०८२, शनिबार
,
Latest
मुलुकमा युवा नेतृत्व ल्याउने गरी निर्वाचनको तयारी गर्नुपर्छः मन्त्री घिसिङ एमाले महाधिवेशनमा कार्यकर्ताको भीड – फोटोफिचर एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ: प्रधानमन्त्री शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नम्बर १८’ सँग ‘किंग कोहली’को कस्तो अचम्मको कनेक्शन



अ+ अ-

एजेन्सी । विराट कोहलीले बिहीबार सनराइजर्स हैदरावादविरुद्ध शतक प्रहार गर्दै इतिहास रचेका छन् । उनी आईपीएलमा सर्वाधिक शतक बनाउने भारतीय खेलाडी बनेका छन् । योसँगै कोहलीले क्रिस गेलको आर्इपीएलमा सर्वाधिक ६ शतक प्रहार गर्ने कीर्तिमान पनि बराबरी गरेका छन् ।

कोहलीका लागि ‘१८’ नम्बर निकै विशेष रहेको छ । १८ मे अर्थात बिहीबार उनले हैदरावादविरुद्ध शतक प्रहार गरेका थिए । यसअघि पनि १८ मेमा नै उनले आईपीएलमा शतक बनाएका थिए । यति मात्र होइन, कोहलीको जर्सी नम्बर पनि ‘१८’ हो । यस बाहेक उनको जीवनमा यो संख्यासँग अन्य धेरै कुरा जोडिएका छन् । यसको बारेमा कोहली आफैंले बताए ।

कोहलीले एक कार्यक्रममा खुलासा गरे कि सुरुमा १८ उनलाई दिइएको संख्या मात्र थियो, तर वर्षौंको अवधिमा यो संख्याले उनको जीवनसँग ‘लक्की कनेक्शन’ बनाएको छ ।

कोहलीले भने–इमानदारीपूर्वक भन्नुपर्दा, १८ एक नम्बरको रूपमा सुरु भयो जुन मलाई दिइएको थियो जब मैले पहिलो पटक मेरो नाम र नम्बर भएको भारत यू–१९ जर्सी देखेँ । तर यो मेरो जीवनमा धेरै महत्त्वपूर्ण नम्बर भयो । मैले भारतका लागि १८ अगस्ट (२००८) मा डेब्यु गरेँ । मेरो बुबा पनि डिसेम्बर १८, २००६ मा बित्नुभयो । मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण दुई क्षणहरू १८ मा भयो । यसअघि नै नम्बर पाएको भए पनि यो नम्बर र यो मितिमा केही सम्बन्ध छ जस्तो लाग्छ ।’