२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना

बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना
अ अ+ अ-

एजेन्सी । बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने सम्भावना बढदै गएको बताइएको छ । जनसंख्याको करिब २७९ प्रतिशतलाई कोरोना परिक्षण गरिसक्दा पनि बेलायतमा सङ्क्रमण दर बढेको देखिएको छ ।  हाल बेलायतको जनसंख्याको हिसाबबाट १० लाखमा करिब १०० जनामा कोरोना सङ्क्रमण देखिन थालेको छ ।     

सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत कोभिड १९ को तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।  

ब्रिटिश प्रजातिका नयाँ सङक्रमितहरु थपिने क्रम जारी नै रहेकोले त्यस्तो अवस्था आएको क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताएका हुन् ।
 
बेलायतमा गत २४ घण्टामा ६ हजार ४९ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।  बेलायतमा देखा परिरहेका सङक्रमितहरुको संख्या थोरै देखिए तापनि बेलायतकै दरमा भारतमा यसैगरी सङ्क्रमित भेटिने हो भने एक दिनमा करिब १ लाख ४० हजार हुन्छ ।

 यसैगरी विश्वका अन्य मुलुक ब्राजिलमा २१ हजार ३९० जनामा, अमेरिकामा ३३ हजार २०० जनामा, नेपालमा ३ हजार जनामा, नाइजेरियामा २१ हजार ११० जनामा,  अष्ट्रेलियामा २ हजार ५७८ जनामा दैनिक रुपमा कोरोना सङ्क्रमण देखिनु हो ।  

करिब करिब कोरोना सङ्क्रमणलाई  नियन्त्रणमा लिएको बेलायतमा हाल देखा परेको यस सङ्क्रमण दरले विश्वलाई हेर्ने हो भने एक दिनमा कोरोना सङ्क्रमण संख्या ७ लाख ८७ हजार १४५ जना हुने देखाउँछ । 

प्राध्यापक गुप्ताका अनुसार बेलायतमा देखिएका कोरोना सङ्क्रमितको संख्या अहिलेको लागि थोरै जस्तो लाग्छ तर पछि गएपछि यी संख्या पनि धेरै नै हुदै जानेछन् ।शुरुमा देखिँदा जुनसुकै भेरिएन्ट पनि सानो संख्यामा नै देखा परेका थिए र अब तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हिजोको जस्तो हुन पनि सक्छ– उनले भनेका छन् ।
  
बेलायतमा दुई महिना अघि भेटिएको भनिएको कोभिड १९ को बृटिश भेरिएन्टलाई निकै खतरानाक भनिएको छ ।