३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा टीकटक र वी–च्याटमाथि ट्रम्पको प्रतिबन्ध बाइडेनद्वारा फिर्ता



अ+ अ-

वासिङ्टनः ह्वाइट हाउसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ लोकप्रिय एम्सहरु टीकटक र वी–च्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने गरी जारी गरेको कार्यकारी आदेश फिर्ता गरेको जनाएको छ ।

बाइडेन प्रशासनले चीनसँग सम्बन्धित रहेका ती दुबै एप्सका कारण अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा रहे नरहेको बारेमा छुट्टै अध्ययन गर्ने बताएको छ ।

बाइडेनद्वारा जारी आदेशमा चीनमा निर्माण गरिएका वा ढुवानी गरिएका वा नियन्त्रणमा रहेका एप्लिकेसनको तथ्यजाँच गर्न वाणिज्य विभागलाई निर्देश गरिएको छ । अमेरिकी अधिकारीहरु खासगरी चिनियाँ एप्सले व्यक्तिका गोपनीय विवरण संकलन गर्ने र त्यस्ता एप्सहरुको सम्बन्ध चिनियाँ सैनिक वा गुप्तचर निकायसम्म रहेको अनुमान गर्दछन् ।

अमेरिकी अदालतमा टीकटक र वी–च्याटका मुद्दाहरु विचाराधीन रहेकै अवस्थामा ह्वाइट हाउसले पूर्व राष्ट्रपति ट्रम्पद्वारा जारी आदेश फिर्ता लिएको हो ।

वाणिज्य विभागलाई अमेरिकीका निजी विवरणलाई अझ बढी सुरक्षित गर्नेगरी योजना तयार गर्न सिफारिस गर्न निर्देश गरिएको छ ।

ह्वाइट हाउस र कंग्रेस दुबैले चीनले प्रविधिका क्षेत्रमा गरेको प्रगतिका बारेमा चासो राख्दै आएको छ ।

मंगलबार सिनेटले अमेरिकी सेमिकन्डक्टरको उत्पादन वृद्धि गर्ने तथा आर्टिफिसियल इन्टेलिजेन्सको विकास गर्न एउटा विधेयक पारित गरेको थियो । एपी  ––