२२ असार २०८३, सोमबार
,
Latest
भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाव किंग्स लगातार नौ सिजन लिग चरणबाटै बाहिर, गुजरात र हैदरावादको भरोसामा राजस्थान



अ+ अ-

एजेन्सी । राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई आईपीएलबाट समूह चरणबाटै पाखा लगाएको छ । शुक्रबार भएको खेल राजस्थानले चार विकेटले जितेको हो । राजस्थानले भने आफ्नो प्लेअफको झिनो आशा जीवित राख्यो ।

अर्कोतर्फ, पन्जावको टोली लगातार नवौं सिजन लिग चरणबाटै बाहिरिएको छ । पञ्जाव अन्तिम पटक २०१४ मा प्लेअफमा पुगेको थियो । जसमा उ उपविजेता भयो । आईपीएलको १६ सिजनमा पञ्जाव दुई पटक मात्र लिग राउण्डभन्दा अगाडि बढ्न सफल भयो । सन् २००९ मा उ सेमिफाइनलमा पुगेको थियो ।

राजस्थानलाई जितका लागि अन्तिम ओभरमा ९ रन आवश्यक थियो । ध्रुव जुरेल र ट्रेन्ट बोल्टले पहिलो तीन बलमा चार रन बनाए । यसपछि जुरेलले चौथो बलमा छक्का हानेर खेलको अन्त्य गरे ।

राजस्थानका कप्तान सञ्जु सामसनले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पञ्जावले २० ओभरमा पाँच विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर १८९ रन बनायो । राजस्थानका लागि देवदत्त पडिक्कलले सर्वाधिक ५१ रन बनाए । यशस्वी जैसवालले ५० र शिमरोन हेटमायरले ४६ रन बनाए । रायन परागले १२ बलमा २० र ध्रुव जुरेलले चार बलमा अविजित १० रन बनाए ।

कप्तान सञ्जु सामसनले मात्र दुई रन बनाउन सके । साथै जोस बटलरको खराब फर्म जारी रह्यो र उनले खाता खोल्न सकेनन् । पञ्जावका कागिसो रबाडाले दुई विकेट लिए । साम करण, अर्शदीप सिंह, नाथन एलिस र राहुल चाहरले एक एक विकेट लिए ।

पञ्जावको कुरा गर्दा शाहरुख खान र साम करणले अन्तिम ओभरमा द्रुत रन बनाएर टोलीलाई १८० रनभन्दा माथि पुर्याएका थिए । अन्तिम दुई ओभरमा दुवैले मिलेर ४६ रन बनाए । साम करणले ३१ बलमा अविजित ४९ रन बनाए ।

जितेश शर्माले ४४ र शाहरुख खानले २३ बलमा अविजित ४१ रन बनाए । अथर्व तायडेले १९ र शिखर धवनले १७ रनको योगदान दिए । लियाम लिभिङस्टोनले ९ र प्रभसिमरन सिंहले २ रन बनाए । राजस्थानका लागि नवदीप सैनीले सर्वाधिक ३ विकेट लिए । उनले अथर्व तायडे, लियाम लिभिङस्टोन र जितेश शर्मालाई आउट गरेका थिए । ट्रेन्ट बोल्ट र एडम जाम्पाले एक एक सफलता हात पारे ।




भर्खरै