२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने



अ+ अ-

काठमाडौँ । सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने भएको छ ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारी, सार्वजनिक र सामुदायिक जग्गाको स्रेस्ता बमोजिम विद्युतीय लागत तयार गरिने उल्लेख गरिएको छ ।

त्यस्तै मालपोत, नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट एकीकृत रुपमा प्रदान गरिने र भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतीको विकास गरी जग्गाको खरिद, विक्रीमा हुने मुल्यलाई पारदर्शी र यथार्थपरक बनाइने बताइएको छ । राष्ट्रपति पौडेलले नाप, नक्शासम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रविधियुक्त बनाइने, संघ, प्रदेश र स्थानीय तहको समन्वयमा भु–उपयोग योजना तयार गरिने, व्यवसायिक कृषि पशुपालन र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई आवश्यक पर्ने जग्गाको उपलब्धतालाई सरलीकृत गरिने र उद्योगलाई उपलब्ध गराइने जग्गाको हदबन्दी, सिमा पुनरावलोकन गरिने बताउनु भयो ।

उहाँका अनुसार बाँझो जग्गा उपयोगका लागि नितिगत व्यवस्था गरिनेछ । त्यसैगरी राष्ट्रिय भूमि आयोगको कामलाई तिब्रता दिने, मुक्त हलैया, कमैया, कमलरी, हरवाचरवा, भूमिहिन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासको समस्या समाधान गरी ति समुदायको विकासका लागि एकीकृत विशेष कार्यक्रम लाूु गरिने पनि निति कार्यक्रममा समेटिएको छ ।

राष्ट्रपति पौडेलले गरिव घरपरिवार पहिचान तथा गरिव परिचयपत्र वितरण कार्यलाई सम्पन्न गर्ने, गरिव घरपरिवार परिचयपत्रलाई राष्ट्रिय परिचयपत्र सरह आवद्ध गर्दै सामाजिक सुरक्षा कार्डमा रुपान्तरण गर्ने र सिमान्तकृत र विपन्न परिवारलाई लक्षित गरी वडा तहमा सहुलियत खाद्यान्न पसलको व्यवस्था गर्ने पनि बताउनु भयो ।