२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक खाली नगराई संसद पुग्नुभो राष्ट्रपति



अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन पुग्नुभएको छ । विगतको परम्परा तोड्दै राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएन ।

राष्ट्रपति पौडेलले आफ्नो सवारीलाई तामझामयुक्त नबनाउन पहिल्यै निर्देशन दिनुभएको थियो । सोहिअनुरुप, संसद भवनको गेटबाट मात्र कारकेडको व्यवस्था गरिएको थियो । बाटो एकतर्फीरुपमा पनि खाली गराइएन भने आम सर्वसाधारणकै आउजाउ बीचबाट राष्ट्रपतिको कारगेट चलेको थियो ।

यसअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति संसद आउँदा शितल निवासदेखि नै सडक खाली गराउने गरिएको थियो ।