• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ? ★   बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व सङ्कलन ★   आईपीएल प्लेअफ कहाँ र कुन–कुन टीमबीच हुँदैछ ? यस्तो छ फाइनल सम्मको समीकरण ★   काँग्रेसको अवरोधपछि मंगलवारसम्मका लागि राष्ट्रिय सभा बैठक स्थगित ★   चौंथोपटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड – फोटोफिचर ★   हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रइसीसहित नौ जनाको मृत्यु भएको पुष्टि ★   संसद् बैठकपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

कोहलीको शतकीय पारीमा बैंगलोरले हैदरावादलाई हरायो, प्लेअफको सम्भावना जिवितै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को ६५ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको हैदरावादले पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो ।

जवाफमा आरसीबीले १९.२ ओभरमा दुई विकेट गुमाएर १८७ रन बनायो र खेल जित्यो । दिग्गज ब्याट्सम्यान विराट कोहली आईपीएलमा छैटौं शतक प्रहार गर्दै आरसीबीका लागि आफ्नो फर्ममा फर्किएका छन् । उनलाई फाफ डुप्लेसिसले राम्रो साथ दिए । दुवैले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गरे ।

यी दुईको साझेदारीले रोयल च्यालेन्जर्स बैंग्लोरले सनराइजर्स हैदरावादलाई ८ विकेटले एकतर्फी जित दिलायो । योसँगै आरसीबीको प्लेअफमा पुग्ने आशा जीवितै छ भने हैदरावाद भने दौडबाट बाहिर भइसकेको छ ।

आरसीबीले प्लेअफमा पुग्न आफ्नो अन्तिम खेल जित्नुपर्नेछ र रन रेटको आधारमा मुम्बई भन्दा अगाडि रहनु पर्नेछ । दुवै टोलीले लिगमा एक–एक खेल खेल्नुपर्नेछ । हाल मुम्बईको रन रेट ०.१२८ र आरसीबीको रन रेट ०.१८० छ ।

हेनरिक क्लासेनको ५१ बलमा १०४ रनको शतकीय पारीमा हैदरावादले २० ओभरमा ५ विकेट गुमाएर १८६ रन बनाएको थियो । उनले आठ चौका र छ छक्का प्रहार गरे । बैंगलोरका लागि माइकल ब्रेसवेलले दुई विकेट लिए । जवाफमा कोहली र फाफले लक्ष्यलाई सहज बनाएका थिए । दुवैले टोलीको नेट रनरेट सुधार गर्न द्रुत रन बनाए र चार बल बाँकी रहँदा जित हासिल गरे ।

रोयल च्यालेन्जर्स बैंगलोरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बैंगलोरका बलरहरूले हैदरावादको २८ रनमा दुई विकेट खसालेका थिए । तर उनले क्लासेनलाई शतक खेल्नबाट रोक्न सकेनन् । क्लासेनले मार्करामसँग तेस्रो विकेटका लागि ५० बलमा ७६ रनको साझेदारी गरे । त्यसपछि उनले ह्यारी ब्रुकसँग चौथो विकेटका लागि ३६ बलमा ७४ रनको साझेदारी गरे । हैदरावादका तीन शीर्ष क्रमका ब्याट्सम्यान अभिषेक शर्मा (११), राहुल त्रिपाठी (१५) र एडेन मार्कराम (१८)ले ४६ बलमा ४४ रन बनाउन सके । क्लासेन गैर–ओपनरको रूपमा शतक प्रहार गर्ने पहिलो हैदरावादका खेलाडी हुन् ।

क्लासेनले आईपीएलमा आफ्नो पहिलो शतक ४९ बलमा बनाएका थिए । उनले आफ्नो १०४ रनको पारीमा ५१ बल सामना गरे जसमा आठ चौका र छ छक्का समावेश थियो । उनले १९ औं ओभरमा हर्षललाई छक्का प्रहार गर्दै शतक पूरा गरे । तर, उनी सोही ओभरमा बोल्ड भए । आईपीएलको जारी सिजनमा यो सातौं शतक हो । बैंगलोरका लागि माइकल ब्रेसवेलले २ विकेट लिए । हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १८६ रन बनाएको थियो ।

१ सय ८७ रनको लक्ष्य पछ्याएको आरसीबी टोलीले कप्तान प्लेसिस र विराट कोहलीले उत्कृष्ट सुरुवात गरेको थियो । उनीहरुले पावरप्लेमा ६४ रन जोडे । त्यसपछि पनि दुवै खेलाडीले तीव्र गतिमा रन बनाउन थाले । विराटले ३५ बलमा र डुप्लेसिसले ३४ बलमा अर्धशतक पूरा गरे । योसँगै आरसीबीको स्कोर १०० रन पुग्यो । यसपछि विराटले छिटो रन बनाउन थाले र आरसीबीको स्कोर १५० भन्दा माथि पुर्याए ।

कोहलीले ६२ बलमा आफ्नो शतक पूरा गरे पनि अर्को बलमा छक्का प्रहार गर्ने प्रयासमा उनी आउट भए । त्यसको केही समयपछि प्लेसिस पनि ७१ रन बनाएर पेभिलियन फर्किए । तर, त्यतिन्जेल आरसीबीको टोली जितको दौडमा पुगेको थियो । ग्लेन म्याक्सवेलले माइकल ब्रेसवेलसँग मिलेर आफ्नो टोलीलाई जित दिलाए । हैदरावादका लागि भुवनेश्वर कुमार र टी नटराजनले एक–एक विकेट लिए ।