४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर टिक्न सकेन सम्बन्ध

बलिउडका यी स्टारहरुको बिहेमा पानी झै बगाइयो पैसा, तर टिक्न सकेन सम्बन्ध
अ+ अ-

एजेन्सी । केहीमहिना पहिले बलिउडका जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिए । उनीहरुले विवाहमा करोडौं खर्च गरे । यी दुई जोडीभन्दा पहिले कैयौं बलिउड स्टारले आफ्नो बिहेमा करोडौं खर्च गरे तर यस्ता थुप्रै जोडीहरु पनि रहेका छन् जसको वैवाहिक जीवन धेरै समय टिक्न सकेन । ती जोडीहरुबारे चर्चा गरौं–

करिश्मा कपुर – सञ्जय कपुर


बलिउडमा एक समयकी सबैभन्दा चर्चित अभिनेत्री करिश्मा कपुरले २००३ सेप्टेम्बर २९ मा व्यापारी सञ्जय कपुरसँग बिहे गरेकी थिइन् । उक्त बिहे शिख रीतिरिवाजले भएको थियो जसका लागि उनको पैत्रिक घर कृष्णा राज बंगला चुनिएको थियो । बिहे एकदमै धुमधाम तरिकाले भएको थियो । यी जोडीको एक छोरी समायरा र छोरा कियान छन् । बिहेको ११ वर्षपछि यो जोडीले सम्बन्धविच्छेद गरे । सन् २०१६ मा अदालतले दुईको सम्बन्धविच्छेदलाई स्वीकृत गर्यो ।

सामन्था अक्किनेनी – नागा चैतन्य


साउथ अभिनेत्री सामन्था अक्किनेनी र नागा चैतन्य पछिल्लो केही समयअघि देखि सम्बन्धविच्छेदका कारण चर्चामा रहेका छन् । यो जोडीले २०१७ मा गोवामा बिहे गरेका थिए जसमा साउथका ठूला हस्तिहरु उपस्थित थिए । यो जोडीले हिन्दु र क्रिश्चियन परम्पराले बिहे गरेका थिए । बिहेमा १० करोडभन्दा बढी खर्च भएको थियो । यो साउथको सेलिब्रेटीको सबैभन्दा महँगो विवाहमध्ये एक हो ।

मनिषा कोइराला – सम्राट दाहाल


एक जमानाको सबैभन्दा मन पराइएकी अभिनेत्री मनिषा कोइरालाले २०१० जुन १९ मा नेपालका चर्चित व्यापारी सम्राट दाहालसँग बिहे गरेकी थिइन् । उनीहरुको बिहे धुमधामले भएको थियो । बिहेपछि यो जोडी हनिमुनका लागि फिनल्याण्ड समेत गएका थिए । तर, दुई बर्षपछि यो जोडीले अलग रहने घोषणा गरे ।

इमरान खान – अवन्तिका


बलिउड अभिनेता इमरान खानले २०११ जनवरी १० मा आफ्नो लामो समयको प्रेमिका अभन्तिकासँग बिहे गरेका थिए । जोेडीले आमिर खानको पाली हिलस्थित घरमा बिहे गरेका थिए जसमा थुप्रै स्टारहरु उपस्थित थिए । बिहेमा ५।५ करोड खर्च गरिएको थियो । तर, २०१९ मा यी दुईको सम्बन्धमा खटपट आयो । अभन्तिकाले आफ्नी छोरीलाई लिएर अलग बसेकी छन् । आधिकारीक रुपमा यो जोडीले सम्बन्धविच्छेद नगरेपनि दुबै अलग भइसकेका छन् ।