२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो जीवनकालमा कहिल्यै पनि नसुत्ने जीव मौरीबारे थाहा पाउनुहोस् अनौठा कुराहरु



अ+ अ-

एजेन्सी । जीवहरुमा सबैभन्दा बढी परिश्रमी हो मौरी । आफ्नो जीवनकालमा मौरी कहिले पनि सुत्दैन । एक थोपा महको लागि कैयौं दुरीसम्म यात्रा गर्ने मौरीबारे धेरै रोचक तथ्यहरु रहेका छन् । आज हामी मौरीबारे चर्चा गर्दैछौँ ।

१. पृथ्वीमा २० हजार भन्दा बढी प्रजातिका मौरीहरु रहेका छन् । तर, यसमध्येमा जम्मा ४ प्रजातिले मात्र मह बनाउन सक्छन् ।

२. एक घारमा २० देखि ६० हजार पोथी मौरी, केहि सय पुरुष मौरी तथा एकमात्र रानी मौरी रहन्छन् ।

३. मौरी मात्र दुनियाँमा एक किराहो जसले बनाएको भोजन मानिसले खाने गर्दछन् ।

४. केवल महिला मौरीले मात्र मह निर्माण गर्दछन् । पुरुष मौरीले केवल रानीसँग यौनसम्पर्क मात्र गर्दछन् ।

५. मानिसलाई मौरीले ११०० पटक टोकेमा मानिसको मृत्यु हुन्छ ।

६. मौरीले महलाई पहिले नै पचाउँछ, जसले गर्दा हाम्रो शरीरको रगतमा पुग्न केबल २० मिनेट लाग्ने गर्छ ।

७. मौरी २४ किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्छ । मौरीले एक सेकेन्डमा २०० पटक पँखेटा हल्लाउँछ । मतलब हरेक मिनेटमा १२०० पटक ।

८. मौरीलाई एक किलो मह बनाउनको लागि चाकामा लगभग ४० लाखको फुलको रस चुस्न पर्दछ, भने ९०,००० माइल उड्ने गर्दछ । यो पुरा पृथ्वीलाई तीन चक्कर लगाए बराबर हुन्छ ।

९. वर्षभरी चाहे जाडो मौसम होस या गर्मीमा मौरीको चाकाको तापक्रम ३३ डिग्री सेल्सीयसको आसपास रहने गर्दछ । मौरीले जाडोमा आफ्नो शरीरले तापक्रमलाई नियन्त्रण राख्छ ।

१०. भाले मौरी यौनसम्पर्क गरेसँगै मर्ने गर्दछ । यौनसम्पर्कको आखिरमा यसको अण्डकोष फुटेर मृत्यु हुन्छ ।