२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ च्याम्पियनसिप ड्र – नेपाल, भारत र कुवेत एउटै समूहमा



अ+ अ-

काठमाडौं । नेपाल दक्षिण एसियाली फुटबलको प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा कठिन समूहमा परेको छ । भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह विभाजनमा नेपाल समुह ‘ए’ मा पर्दा नेपालले भारत, पाकिस्तान र कुवेत प्रतिद्वन्द्वी पाएको हो ।

समूह बीमा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । च्याम्पियनसिप भारतको बेंगलुरुमा असार ६ देखि १९ गते सम्म आयोजना हुँदैछ ।

नेपाल माल्दिभ्समा भएको अघिल्लो संस्करणको फाइनलमा पुगेको थियो । तर, फाइनलमा नेपाल भारतसँगै पराजित हुन पुगेको थियो ।

यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्रले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियालीका ७ मध्ये ६ राष्ट्रको सहभागिता साफ च्याम्पियनसिपमा रहनेछ । श्रीलंका भने फिफाबाट प्रतिबन्धका कारण सहभागिता जनाउने छैन ।