२५ श्रावण २०८३, सोमबार
,
Latest
आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबा अस्पतालको आईसीयूमा, यता छोराले जिताए खेल



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरण अब अन्तिम चरणमा पुगेको छ । लिग राउण्डका ७० मध्ये ६३ खेल भइसकेका छन् । मङ्गलबार (मे १६) मा भएको ६३औं खेलमा लखनउ सुपरजायन्ट्सले अन्तिम ओभरसम्म चलेको खेलमा मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्‍यो ।

यो जितसँगै लखनउले प्लेअफतर्फ एक कदम अगाडि बढाएको छ । उसको १३ खेलमा १५ अंक छ । बायाँ हाते फास्ट बलर मोहसिन खानले मुम्बईविरुद्ध लखनउलाई जित दिलाए । मोहसिनले खुलासा गरे कि उनका बुबा १० दिनसम्म आईसीयूमा भर्ना भएका थिए ।

उत्तर प्रदेशका २४ वर्षीय मोहसिनले गत सिजन उत्कृष्ट खेलेका थिए तर यस पटक बायाँ काँधमा चोट लागेका कारण उनले धेरै खेल गुमाएका थिए । पछिल्लो १० महिना उनको लागि निकै कठिन रह्यो । लामो समयदेखि मोहसिन आफै घाइते भएका थिए । जसका कारण उनले घरेलु सिजन खेल्न पाएनन् । त्यसपछि आईपीएल २०२३ का अधिकांश खेलबाट टाढा रहे । त्यसपछि बुबाको रोगले उनको चिन्ता बढायो ।

आईपीएलको चालू सिजनमा मोहसिनको यो दोस्रो खेल थियो । अन्तिम ओभरमा मुम्बई इन्डियन्सलाई जितका लागि ११ रन जोड्नु परेको थियो । लखनउका कप्तान क्रुणालले मोहसिनलाई बलिङका लागि बोलाए । उनको अगाडि दुई विस्फोटक ब्याट्सम्यान टिम डेभिड र क्यामरुन ग्रीन थिए । मोहसिनले उत्कृष्ट प्रदर्शन गर्दै दुवैलाई ११ रन बनाउन दिएनन् । उनले उत्कृष्ट योर्कर गर्दै टोलीलाई जित दिलाए ।

खेलपछि मोहसिनले भने, ‘यो कठिन समय थियो किनभने म एक वर्षपछि खेल्दै थिएँ । मेरो बुबा हिजो आईसीयुबाट डिस्चार्ज हुनुभयो । उहाँ विगत १० दिनदेखि अस्पतालमै हुनुहुन्थ्यो । मैले उहाँका लागि यो गरें । उहाँले हेरिरहेको हुनुपर्छ । मैले यसअघिको खेलमा राम्रो गर्न प्रदर्शन गर्न सकेको थिइनँ । यस खेलमा मलाई मौका दिनु भएकोमा गौतम गम्भीर सर, विजय दहिया सर, टोली र सहयोगी स्टाफलाई धन्यवाद ।’

अन्तिम ओभरमा आफ्नो योजनाको बारेमा कुरा गर्दै मोहसिनले भने, ‘योजना त्यही थियो जुन मैले अभ्यासमा गरेँ । क्रुणालले पनि मसँग कुरा गरिरहेका थिए । मैले पनि उनलाई त्यही भनेको थिएँ । रनअप उस्तै राखेँ । अन्तिम ओभरमा मैले यसलाई परिवर्तन गरिनँ । म आफैंलाई शान्त पार्न खोज्दै थिएँ र स्कोरबोर्डमा हेरेको थिइनँ । छ बल राम्रोसँग बल गर्न खोज्दै थिए । बल विकेटमा फँसिरहेको थियो । मैले सुस्त बल गर्ने प्रयास गरें र त्यसपछि योर्करमा परिणत भयो । बल रिभर्स स्विंग हुन थाल्यो ।’

मोहसिनले आईपीएलमा हालसम्म १२ खेल खेलिसकेका छन् । यस क्रममा उनले १६ विकेट आफ्नो नाममा लिएका छन् । उनले अहिलेसम्म प्रथम श्रेणीमा एक खेल खेल्ने मौका पाएका छन् भने जसमा दुई विकेट लिएका छन् । लिस्ट ए मा मोहसिनले १७ खेलमा २६ विकेट लिएका छन् ।