• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

बुबा अस्पतालको आईसीयूमा, यता छोराले जिताए खेल



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को लिग चरण अब अन्तिम चरणमा पुगेको छ । लिग राउण्डका ७० मध्ये ६३ खेल भइसकेका छन् । मङ्गलबार (मे १६) मा भएको ६३औं खेलमा लखनउ सुपरजायन्ट्सले अन्तिम ओभरसम्म चलेको खेलमा मुम्बई इन्डियन्सलाई पाँच रनले पराजित गर्‍यो ।

यो जितसँगै लखनउले प्लेअफतर्फ एक कदम अगाडि बढाएको छ । उसको १३ खेलमा १५ अंक छ । बायाँ हाते फास्ट बलर मोहसिन खानले मुम्बईविरुद्ध लखनउलाई जित दिलाए । मोहसिनले खुलासा गरे कि उनका बुबा १० दिनसम्म आईसीयूमा भर्ना भएका थिए ।

उत्तर प्रदेशका २४ वर्षीय मोहसिनले गत सिजन उत्कृष्ट खेलेका थिए तर यस पटक बायाँ काँधमा चोट लागेका कारण उनले धेरै खेल गुमाएका थिए । पछिल्लो १० महिना उनको लागि निकै कठिन रह्यो । लामो समयदेखि मोहसिन आफै घाइते भएका थिए । जसका कारण उनले घरेलु सिजन खेल्न पाएनन् । त्यसपछि आईपीएल २०२३ का अधिकांश खेलबाट टाढा रहे । त्यसपछि बुबाको रोगले उनको चिन्ता बढायो ।

आईपीएलको चालू सिजनमा मोहसिनको यो दोस्रो खेल थियो । अन्तिम ओभरमा मुम्बई इन्डियन्सलाई जितका लागि ११ रन जोड्नु परेको थियो । लखनउका कप्तान क्रुणालले मोहसिनलाई बलिङका लागि बोलाए । उनको अगाडि दुई विस्फोटक ब्याट्सम्यान टिम डेभिड र क्यामरुन ग्रीन थिए । मोहसिनले उत्कृष्ट प्रदर्शन गर्दै दुवैलाई ११ रन बनाउन दिएनन् । उनले उत्कृष्ट योर्कर गर्दै टोलीलाई जित दिलाए ।

खेलपछि मोहसिनले भने, ‘यो कठिन समय थियो किनभने म एक वर्षपछि खेल्दै थिएँ । मेरो बुबा हिजो आईसीयुबाट डिस्चार्ज हुनुभयो । उहाँ विगत १० दिनदेखि अस्पतालमै हुनुहुन्थ्यो । मैले उहाँका लागि यो गरें । उहाँले हेरिरहेको हुनुपर्छ । मैले यसअघिको खेलमा राम्रो गर्न प्रदर्शन गर्न सकेको थिइनँ । यस खेलमा मलाई मौका दिनु भएकोमा गौतम गम्भीर सर, विजय दहिया सर, टोली र सहयोगी स्टाफलाई धन्यवाद ।’

अन्तिम ओभरमा आफ्नो योजनाको बारेमा कुरा गर्दै मोहसिनले भने, ‘योजना त्यही थियो जुन मैले अभ्यासमा गरेँ । क्रुणालले पनि मसँग कुरा गरिरहेका थिए । मैले पनि उनलाई त्यही भनेको थिएँ । रनअप उस्तै राखेँ । अन्तिम ओभरमा मैले यसलाई परिवर्तन गरिनँ । म आफैंलाई शान्त पार्न खोज्दै थिएँ र स्कोरबोर्डमा हेरेको थिइनँ । छ बल राम्रोसँग बल गर्न खोज्दै थिए । बल विकेटमा फँसिरहेको थियो । मैले सुस्त बल गर्ने प्रयास गरें र त्यसपछि योर्करमा परिणत भयो । बल रिभर्स स्विंग हुन थाल्यो ।’

मोहसिनले आईपीएलमा हालसम्म १२ खेल खेलिसकेका छन् । यस क्रममा उनले १६ विकेट आफ्नो नाममा लिएका छन् । उनले अहिलेसम्म प्रथम श्रेणीमा एक खेल खेल्ने मौका पाएका छन् भने जसमा दुई विकेट लिएका छन् । लिस्ट ए मा मोहसिनले १७ खेलमा २६ विकेट लिएका छन् ।