५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले अबदेखि हरेक चुनाव एक्लै लड्नुपर्छ: शेखर कोइराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेसले अबदेखि हुने हरेक चुनाव एक्लै लड्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रजातान्त्रिक विचार समाजको २५औँ साधारणसभामा उहाँले वर्तमान निर्वाचन पद्धतिले विकृति बढाएको बताउनुभयो । उहाँले अहिलेको निर्वाचन पद्धतिलाई परिवर्तन गरी समानुपातिक प्रणाली हटाउनुपर्ने धारणा राख्नुभयो ।

पछिल्ला दिनहरुमा राजनीतिक दल र नेताहरुप्रति सर्वसाधारणको धारणा नकारात्मक रहेको भन्दै नेता कोइरालाले नेताहरु सच्चिनुपर्ने बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीहरुलाई कुनै पनि बहानामा चोख्याउन नहुने उहाँको भनाइ थियो ।