२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन् ।

मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उहाँले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गर्नुभयो । ‘निजगढ विमानस्थलको कुरा कतै हराउने होकि भन्ने मलाई डर लाग्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु ।’

यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ । २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो । निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न यो विमानस्थलमा ३० अर्ब रुपैयाँभन्दा बढी र कम खर्च भएको छ । दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रुपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो । बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने हवाई यात्रुलाई लक्षित गरेर सञ्चालनमा रहेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन् । विमानस्थलको सञ्चालन खर्च उठाउन मात्रै दैनिक दुई अन्तर्राष्ट्रिय उडान आवश्यक पर्ने यो विमानस्थल सञ्चालनमा आएको एक वर्षमा ३५९ उडान तथा अवतरण भएका छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।




भर्खरै