६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता



(तस्बिरः गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल/रासस)
अ+ अ-

काठमाडौँ । निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन् ।

मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा विमानस्थलको कामलाई अगाडि नबढाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।

उहाँले अर्थमन्त्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको महत्व नबुझेको जस्तो लागेको भन्दै उच्च प्राथमिकता दिन माग गर्नुभयो । ‘निजगढ विमानस्थलको कुरा कतै हराउने होकि भन्ने मलाई डर लाग्न थालेको छ,’ उहाँले भन्नुभयो, ‘मुलुकको गेम चेन्जर प्रोग्रामका रूपमा रहेको उक्त विमानस्थललाई अघि बढाउन आग्रह गर्छु ।’

यता मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको एक वर्ष पूरा भएको छ । २०७९ जेठ २ गतेदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । विमानस्थल २०७१ पुस ६ गते निर्माण सुरु भएर २०७४ पुसमा सक्ने गरी निर्माण योजना तय गरिएको थियो । निर्धारित समयभन्दा चार वर्षपछि सञ्चालनमा आएको थियो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण सम्पन्न यो विमानस्थलमा ३० अर्ब रुपैयाँभन्दा बढी र कम खर्च भएको छ । दक्षिण एसियाली पर्यटन पूर्वाधार विकास परियोजनाको एक हिस्साका रुपमा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको थियो । बौद्धमार्गी पर्यटकलाई लक्षित गरेर सञ्चालनमा आएको विमानस्थल हाल अन्तर्राष्ट्रिय उडानविहीन छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने हवाई यात्रुलाई लक्षित गरेर सञ्चालनमा रहेको यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गरेको हिमालय एयरलाइन्स र जजिरा एयरवेजले उडान रोकेका छन् । विमानस्थलको सञ्चालन खर्च उठाउन मात्रै दैनिक दुई अन्तर्राष्ट्रिय उडान आवश्यक पर्ने यो विमानस्थल सञ्चालनमा आएको एक वर्षमा ३५९ उडान तथा अवतरण भएका छन् । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।