• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

लखनउ प्लेअफ नजिक, रोमाञ्चक खेलमा मुम्बईलाई पाँच रनले हरायो



एजेन्सी । आईपीएल २०२३ को ६३औं खेलमा लखनउ सुपरजायन्ट्सले मुम्बई इन्डियन्सलाई ५ रनले पराजित गरेको छ । यस रोमाञ्चक खेलमा लखनउले पहिले ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा १७७ रन बनाएको थियो । जवाफमा मुम्बईको टोलीले पाँच विकेट गुमाएर १ सय ७२ रन मात्रै बनाउन सक्यो । लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक अविजित ८९ रन बनाए ।

यस्तै, कप्तान क्रुणाल पाण्ड्याले ४९ रनको इनिङ खेले । मुम्बईका जेसन बेहरेनडर्फले २ विकेट लिए । मुम्बईका लागि इशान किशनले ५९ र रोहित शर्माले ३७ रन बनाए । टिम डेभिडले अविजित ३२ रन बनाए । लखनउका यश ठाकुर र रवि बिश्नोईले २–२ विकेट लिए ।

लखनउ सुपरजाइन्ट्सले पहिले ब्याटिङ गरेको थियो । मार्कस स्टोइनिसको अविजित अर्धशतक र कृणाल पाण्ड्याको संयमित इनिङ्समा तीन विकेटमा १७७ रन बनाएको थियो । स्टोइनिसले ४७ बलमा अविजित ८९ रन बनाए भने क्रुणालले ४२ बलमा ४९ रन बनाए । स्टोइनिसले चार चौका र आठ छक्का प्रहार गरे ।

सोही क्रममा कृणालले एक चौका र एक छक्का प्रहार गरे । मुम्बईका लागि जेसन बेहरेनडर्फले सर्वाधिक २ विकेट लिए । १६ औं ओभरको अन्तिम बलमा क्रुणाल चोटग्रस्त भएर मैदान छाडे । स्टोइनिस र क्रुणालले चौथो विकेटका लागि ५९ बलमा ८२ रनको साझेदारी गर्दै टोलीलाई प्रारम्भिक झट्काबाट बाहिर निकालेका थिए । एक समय लखनउ ३५ रनमा ३ विकेट गुमाएको अवस्थामा थियो ।

लखनउको स्कोर १७ ओभरमा तीन विकेटमा १२३ रन थियो, तर स्टोइनिसले १८ औं ओभरमा क्रिस जोर्डनको बलमा दुई छक्का र तीन चौका प्रहार गर्दै २४ रन बनाए । उनले १९ औं ओभरमा बेहरेनडर्फको बलमा दुई छक्का प्रहार गर्दै १५ रन बनाए । आकाश मेधवालले अन्तिम ओभर गरे र आफ्नो ओभरमा १५ रन दिए । आफ्नो पाँचौं बलमा जोर्डनले पुरनको क्याच छोडे । अन्तिम बलमा स्टोइनिसले छक्का प्रहार गरे । स्टोइनिस र पूरनले पाँचौं विकेटका लागि २४ बलमा अविजित ६० रनको साझेदारी गरे ।

लखनउले क्विन्टन डिककसँगै दीपक हुड्डालाई ओपनिङका लागि पठाएर ठूलो प्रयोग गरेको थियो तर उनले अपेक्षित प्रदर्शन गर्न सकेनन् । जेसन बेहरेनडोर्फले स्लो बलमा हुडालाई टिम डेभिडको हातमा क्याच आउट पारे । त्यसपछि अर्को बलमा उनले प्रेराक मङ्कडलाई खाता नखोली नै आउट गरे ।

पावरप्लेसम्म लखनउको टोलीले पहिलो ६ ओभरमा दुई विकेट गुमाएर ३५ रन मात्र बनाउन सकेको थियो । अर्को ओभरमा पियुस चावलाले डि ककलाई आफ्नो स्पिनमा समातेर किशनलाई क्याच दिएर पेभिलियन पठाए । यसपछि स्टोइनिस र कप्तान क्रुणालले टोलीको इनिङ्स सम्हालेका थिए । दुवैले खराब बलमा बाउन्ड्री प्रहार गरिरहँदा टोलीको स्कोर १४ ओभरमा १०० रन पुगेको थियो ।

१७८ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले उत्कृष्ट सुरुवात गरेको थियो । रोहित र इशानको जोडीले पावरप्लेमा टिमको स्कोर ५० रनभन्दा माथि पुर्याएका थिए । पावरप्लेमा मुम्बईले बिना कुनै विकेट गुमाएर ५८ रन बनाएको थियो । यसपछि रोहित शर्मा ३७ रन बनाएर रवि बिश्नोईको शिकार बने । किशनले अर्को ओभरमा आफ्नो अर्धशतक पूरा गरे, तर बिश्नोईले उनलाई पनि ५९ रनमा आउट गरि लखनउलाई खेलमा फर्काए । यी दुई आउट हुनेबित्तिकै मुम्बईको रन रेट रोकियो र ठूलो सट बनाउने प्रयासमा सूर्यकुमार यादव पनि सात रन बनाएर आउट भए ।

११५ रनमा तीन विकेट गुमाएपछि लखनउको पिचमा मुम्बईका लागि १७८ रनको लक्ष्य सजिलो थिएन । यस्तो अवस्थामा टिम डेभिडले नेहल वढेरासँग साझेदारी गरे तर वढेरा २० बलमा १६ रनको सुस्त पारी खेलेपछि आउट भए । टिम डेभिड अर्को छेउमा रहे र खेलमा मुम्बईलाई कायम राख्न ठूलो शट खेले । यसैबीच, विष्णु विनोद पनि दुई रन बनाएर ठूलो सट खेल्ने प्रयासमा आउट भए र मुम्बईको टोली समस्यामा परेको थियो ।

अन्त्यमा क्यामरुन ग्रीन र टिम डेभिडले आफ्नो सक्दो प्रयास गरे तर मोहसिन खानले अन्तिम ओभरमा ११ रन जोड्न दिएनन् । मुम्बईको टोली १७२ रन मात्र बनाउन सक्यो र खेल पाँच रनले पराजित भयो। लखनउका लागि रवि बिश्नोई र यश ठाकुरले २–२ विकेट लिए । मोहसिन खानले एक विकेट लिए ।

यो जितसँगै लखनउको टोली १५ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई इन्डियन्स १४ अंकसहित चौथो स्थानमा छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई बाँकी दुई खेल जितेर मुम्बईलाई पछि पार्दै माथि उक्लिने मौका छ । साथै, चेन्नईको टोली आफ्नो अन्तिम खेल ठूलो अन्तरले जितेर दोस्रो स्थानमा रहन सक्छ । गुजरातको टोली यसअघि नै प्लेअफमा पुगेको छ । बाँकी सबै टोलीले अन्तिम चारमा पुग्नका लागि लिगका बाँकी खेल जित्नुपर्नेछ । त्यतिमात्र नभई ती टोलीहरु एक–अर्काको नतिजामा भर पर्नेछन् ।