२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक नियम उल्लंघनको आरोपमा अमिताभ र अनुष्कालाई कारबाही गर्दै प्रहरी



अ+ अ-

एजेन्सी । ट्राफिक जामबाट बच्न बलिउड सुपरस्टार अमिताभ बच्चन र अभिनेत्री अनुष्का शर्माले सोमबार आफ्नो कार त्यागे र बाइक लिफ्ट लिए । दुवैको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

तर, यो समयमा मानिसहरूले देखेका थिए कि दुवै तस्बिरमा न त अभिनेताले हेल्मेट लगाएका थिए न त बाइक सवारले । जसका कारण अब मुम्बई प्रहरीले अनुष्का र अमिताभलाई कारबाही गर्न लागेको छ ।

सोमबार तस्बिर सेयर गर्दै अमिताभले क्याप्शनमा लेखेका छन्– ‘म उनलाई चिन्दिनँ । तर पनि उनले मलाई सहयोग गरे । पहेँलो टि–सर्ट, सर्ट र टोपी लगाएको यो व्यक्तिलाई धन्यवाद, उसले मलाई खुसीसाथ आफ्नो बाइकमा बसायो र म समयमै ठाउँमा पुगेँ ।’

अमिताभले बाइक राइडरसँग सेयर गरेको फोटोमा दुबैले हेलमेट लगाएका छैनन् भने अनुष्का पनि भिडियोमा हेलमेट नलगाई देखिएकी छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै स्टारविरुद्ध हेलमेट बिना बाइकमा बसेकोमा गुनासो गरेका थिए । त्यसपछि मुम्बई पुलिसले प्रयोगकर्ताको ट्विटको जवाफ दियो – ‘हामीले ट्राफिक प्रहरी शाखासँग यसबारे सम्पर्क गरेका छौं ।’

बडिगार्डसँग बाइकमा हेलमेट बिना लिफ्ट लिएको कारण अनुष्कालाई पनि ट्रोल गरिएको छ । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्– ‘मेडमले हेल्मेट लगाएकी छैनन् र न त उनको बडीगार्ड नै छन् ।’ अर्का प्रयोगकर्ताले लेखे – ‘मुम्बईमा हेल्मेटको आवश्यकता छैन ?’