२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ: सांसद डा. वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने बताउनुभएको हो ।

उहाँले निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने सरल सिद्धान्तबाट सरकार जानुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि आवश्यक नीतिगत बाटोमा पहिल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रमैत्री वातावरणका सम्भावनाका बारेमा वहस आवश्यक रहेको पनि बताउनु भयो।

उहाँले निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी समृद्ध भएमात्रै कल्याणकारी राज्य धान्ने बताउनु भयो । उहाँले अब मुलुकका युवाहरुलाई उद्यमशीलमार्फत देश निर्माणमा लगाउनुपर्ने बताउनु भयो। उहाँले डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जाने भन्दै अबको पाँच वर्ष धैर्य गर्ने कसैसँग समय नहुने बताउनु भयो। उहाँले अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको कस्तो बनाउने भन्ने यकिन हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्र मैत्री नेपाल सरकार बन्नुपर्छ । निजी क्षेत्रलाई सम्भावनाका अनुरुप केके गर्नुपर्छ त्यसमा बहस गरौं । निजी क्षेत्रले सिर्जना गरेको रोजगारी,सरकारलाई तिरेको करबाट राज्यको ढुकुटी जति समृद्ध हुन्छ । कल्याणकारी राज्यलाई धान्न सकिने छ । त्यसरी युवा उद्योगीहरुले गर्ने हो । त्यसबाट आएको अंश हामीले देश निर्माणमा लगाउने हो ।

निजी क्षेत्र संग्लन नहुने क्षेत्रमा राज्यले लगानी गर्ने हो। सरल सिद्धान्तबाट हामी जानुपर्छ । निजी क्षेत्र पखेटा फिँजाएर उड्नको लागि कस्तो बाटोमा लाने हो । त्यसमा हामीले लिएर जान्छौं । हामीले गरेको डेमोग्राफिक प्रोजेक्शन अनुसार सन् २०२८ एजिङ सोसाइटीमा जान्छौं । हामी अबको पाँच वर्ष धैर्य गर्ने कुर्ने समय हामीसँग छैन । सन् २०५० एजेट सासाइटीमा जान्छौं । अबको १५ वर्षको मुलुकको अर्थतन्त्रको स्वरुपको स्टक्चर बनाउनुपर्छ । छोटो समयमा प्रगति गर्नुपर्ने हुन्छ ।

कुनै सुतिसुति खाने प्रविधि आयो भने अर्कै कुरा हो । भारत चीनका मन्त्री आएर भेटघाट गरे भन्नेकुरा भन्दा पनि आर्थिक गतिविधि परिर्वतन भइरहेको छ । १० वर्षमा भारत पनि धेरै परिवर्तन भइरहेको छ । विश्वका नम्बर एक कम्पनीहरुलाई नेपालमा आकर्षण गर्न सकेनौं । राजनीतिक आन्तरिक कलहको कारण विदेशी लगानी आकर्षण गर्ने अवस्था नै थिएन ।’

उहाँले छिमेकी मुलुकहरु आर्थिक रुपमा धेरै फड्को मारेको भन्दै विदेशी लगानी भित्रने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले नेपालले केही समयअघि आन्तरिक कलहको कारण विश्वका ठूला कम्पनीहरुको लगानी नेपालका आकर्षण गर्न नसकिएको बताउनु भयो ।