१६ असार २०८३, मंगलवार
,
Latest
आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

समितिलाई व्यवस्थित बनाएर लैजाऔँ – सांसद पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद हीतराज पाण्डेले समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले समितिको अनौपचारिक विषयहरुमा संवेदनशीलताको ख्याल गर्नपनि आग्रह गर्नुभयो ।

उहाँले औपचारिक विषयहरुलाई पनि व्यवस्थित बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो समितिलाई शुरुवातदेखि नै व्यवस्थित बनाउनसक्यौँ भने काम पनि व्यवस्थित हुन्छन् । जनताले के प्राप्त गरे र नतिजा के आउँछ भन्नेमा केन्द्रित हौँ । अनौपचारिक विषयवस्तुमा ख्याल गरियोस् । औपचारिक रुपमा पनि सबैकुरालाई व्यवस्थित गर्न सकिने गरी प्रभावकारी बनाऔँ । आचारसंहीता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसावले बनाऔँ ।’

सांसद पाण्डेले समितिको आचारसंहीता बनाउँदा वस्तुगत अवस्थालाई हेरेर कार्यान्वयन गर्ने हिसावले बनाउन आवश्यक रहेको बताउनु भयो ।