• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

रोमाञ्चक बन्दै आईपीएलको प्लेअफ होड, मात्र ८ खेल बाँकी हुँदा ७ टोली दौडमा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा अहिलेसम्म ६२ खेल खेलिएका छन् । अब लिग चरणका आठ खेल मात्र बाँकी छन् । यति धेरै खेल खेले पनि अहिलेसम्म एउटा टोलीले मात्र प्लेअफमा स्थान पक्का गरेको छ । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले सोमबार सनराइजर्स हैदरावादलाई पराजित गर्दै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो ।

अर्कोतर्फ सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स प्लेअफको दौडबाट बाहिरिएका छन् । प्लेअफका बाँकी तीन स्थानका लागि सात टोली प्रतिस्पर्धामा छन् । यस्तो अवस्थामा अन्तिम चारमा पुग्ने लडाई रोमाञ्चक बनेको छ । अब बाँकी आठ खेलबाट बाँकी तीन टोलीको टुंगो लाग्नेछ ।

शीर्ष चारमध्ये गुजरातले एक स्थान हासिल गरेको छ । बाँकी तीन स्थानका लागि चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, लखनउ सुपर जाइन्ट्स, रोयल च्यालेन्जर्स बैंगलोर, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र पञ्जाव किंग्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

गुजरात टाइटन्स


गुजरातको टोली प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । उसले हैदरावादलाई पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । गुजरातको हाल १८ अंक छ । पहिलो वा दोस्रो स्थानमा रहँदा प्लेअफमा छनोट हुने निश्चित छ । हाल गुजरात बाहेक मुम्बई इन्डियन्सले मात्र १८ अंक बनाउन सक्छ । गुजरातको अर्को खेल (२१ मे) बैंगलोरको चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोरसँग हुनेछ ।

चेन्नई सुपर किंग्स


महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्सले अब समूह चरणमा एउटा मात्र खेल खेल्नेछ । उसले मे २० मा दिल्लीको अरुण जेटली स्टेडियममा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । चेन्नईको १३ खेलबाट १५ अंक छ । उनको नेट रनरेट ०.३८१ छ । चेन्नईको टोलीले दिल्लीलाई हराएमा सजिलै प्लेअफ पुग्ने छ । शीर्ष दुईमा पनि रहन सक्छ । तर, चेन्नईको टोली दिल्लीसँग हार्यो भने प्लेअफको दौडबाट बाहिरिन पनि सक्छ । पाँच टोलीबाट १६ अंक जोड्ने मौका छ । यस्तो अवस्थामा धोनी दिल्लीविरुद्ध कुनै गल्ती चाहँदैनन् ।

मुम्बई इन्डियन्स


प्रतियोगितामा सुस्त सुरुवात गरेको मुम्बई इन्डियन्सको टोली अहिले उपाधिको दावेदार बनेको छ । उसले १२ खेलमा सात खेल जितेको छ । उनको नेट रनरेट –०.११७ छ । मुम्बईले लखनउ सुपर जाइन्ट्स र सनराइजर्स हैदरावाद खेल्नुपर्नेछ । दुवै खेल जितेमा उ सजिलै प्लेअफ पुग्नेछ । यदि उसले एक खेल हारे भने, उसको कुल १६ अंक हुनेछ । त्यसपछि मुम्बईले अन्य टोलीको नतिजा र नेट रनरेटमा भर पर्नुपर्नेछ । दुवै खेल हारेमा उसको अगाडि बढ्ने आशा निकै कम हुनेछ । दुई टोलीले पहिले नै १५ वा सोभन्दा बढी अंक हासिल गरिसकेका छन् । त्यसपछि मुम्बईले चौथो स्थानका लागि चार टोलीसँग संघर्ष गर्नुपर्नेछ । यस्तो अवस्थामा नेट रनरेट धेरै महत्त्वपूर्ण हुनेछ ।

लखनउ सुपर जाइन्ट्स


लखनउले हालसम्म १२ खेल खेलेको छ । उसको १३ अंक छ । लखनउले मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्ससँग खेल्न बाँकी छ । दुवै खेल जितेमा उ सजिलै प्लेअफ पुग्नेछ । खेल हारे पनि अगाडि बढ्न सक्छ, तर नेट रनरेट महत्त्वपूर्ण हुनेछ । दुवै खेलमा पराजित भएमा लखनउ प्लेअफको दौडबाट बाहिरिने छ ।

रोयल च्यालेन्जर्स बैंगलोर


बैंगलोरले राजस्थानमाथि ठूलो जित हात पार्दै अंक तालिकामा ठूलो फड्को मारेको छ । उ पाँचौ स्थानमा उक्लिएको छ । उसको नेट रनरेट ०.१६६ छ । फाफ डुप्लेसिस र विराट कोहलीको टोलीले आफ्ना बाँकी दुई खेलमा सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सलाई हराए पनि प्लेअफमा स्थान पक्का हुने छैन । उसले अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ । एक खेल हारेपछि उसको अवस्था बिग्रन्छ । यसपटक १४ अंकसहित प्लेअफमा पुग्न कठिन हुने देखिन्छ ।

राजस्थान रोयल्स


राजस्थानले १३ खेल खेलेको छ । उसको १२ अंक छ । राजस्थानको नेट रनरेट ०.१४० छ । उसले लिग चरणको अन्तिम खेल शुक्रबार पञ्जाव किंग्ससँग खेल्दैछ । पञ्जावविरुद्ध जित्यो भने उसको १४ अंक हुनेछ । यस्तो अवस्थामा अन्य टोलीको नतिजा आफ्नो पक्षमा भएमा प्लेअफमा पुग्न सक्छ । गत वर्षको उपविजेता राजस्थानको टोली अब यस आईपीएलमा भाग्यमा भर परेको छ । यदि आरसीबी, लखनउ सुपर जाइन्ट्स र पञ्जाव किंग्सले आफ्ना दुवै खेल हारे र सनराइजर्सले गुजरात वा मुम्बईसँगको कुनै पनि खेल हारे भने राजस्थानको टोली यस अवस्थामा १४ अंकको साथ अगाडि बढ्न सक्छ । यस्तो अवस्थामा चौथो स्थानका लागि राजस्थान र कोलकाताबीच भिडन्त हुनेछ । त्यसपछि सञ्जु सामसनको टोली राम्रो नेट रनरेटको आधारमा अगाडि बढ्न सक्छ ।

पञ्जाव किंग्स


पञ्जावको १२ खेलबाट १२ अंक छ । उसले दिल्ली क्यापिटल्स र राजस्थान रोयल्ससँग खेल्नेछ । १६ वा सोभन्दा बढी अंक प्राप्त गर्न सक्ने ६ टोलीमध्ये पन्जाव छ । यदि उसले दुबै खेल जित्यो भने उसको १६ अंक हुनेछ । तर, उसको नेट रनरेट निकै कम छ । पञ्जावले दुवै खेलमा ठूलो जित निकाल्नुपर्छ, नत्र अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ । खेल हारेमा उसको १४ अंक हुनेछ र त्यसपछि उसले धेरै टोलीको नतिजामा नजर राख्नुपर्नेछ ।

कोलकाता नाइट राइडर्स


कोलकाताको १३ खेलबाट १२ अंक छ र उसले लखनउ सुपरजाइन्ट्ससँग खेल्न बाँकी छ । यदि कोलकाताले त्यो खेल जित्यो भने उसको १४ अंक हुनेछ । यो जितको बावजुद उ सिधै प्लेअफमा पुग्न सक्दैन । सुपर जायन्ट्सलाई हराएपछि कोलकाताले आशा गर्नेछ कि तीन भन्दा बढी टोलीले १४ अंक पार नगरुन् । कोलकाताले त्यसपछि नतिजा र अन्य टोलीको नेट रनरेटमा भर पर्नु पर्नेछ ।

सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स


सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्स प्लेअफको दौडबाट बाहिरिएका छन् । हैदरावादको १२ खेलबाट ८ अंक छ भने दिल्लीको पनि १२ खेलबाटै समान अंक छ । दुवै टोलीले आफ्ना बाँकी दुई खेल जित्दा पनि बढीमा १२ अंक जोड्न सक्नेछन् । यसअघि नै चार टोलीको त्यो भन्दा बढी अंक छ । हैदरावाद र दिल्लीका टोली प्लेअफमा पुग्न नसके पनि अन्य टोलीको समीकरण अवश्य बिगार्न सक्छन् ।

अंकतालिकाः