२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति अस्वस्थ रहेकाले नीति तथा कार्यक्रम प्रधानमन्त्रीले वाचन गर्नेबारे छलफल



फाईल फोटो
अ+ अ-

काठमाडौँ । अस्वस्थ रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति र कार्यक्रम वाचन पूरै वाचन गर्न नसक्ने भएपछि प्रधानमन्त्रीले नै वाचन गर्ने तयारी भएको छ ।

यही जेठ ५ गते सरकारले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । मङ्गलबार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत हुने जानकारी गराउनुभएको थियो ।

राष्ट्रपतिले नै सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने प्रचलन छ। तर, यस पटक राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ्य भएकाले प्रधानमन्त्रीले पढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

भारतबाट उपचार गराई स्वदेश फर्किनुभएका राष्ट्रपतिको स्वास्थ्यमा पूर्णरुपमा सुधार आइसकेको छैन । यस्तो अवस्थामा राष्ट्रपति पौडेलले अलिकति सुरु गरेर प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम वाचन गर्नेबारे छलफल भइरहेको हो ।