• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएल खेल्न लखनउ पुगेका अर्जुन तेन्दुलकरलाई कुकुरले टोक्यो, बलिङ प्रशिक्षणमा सहभागी भएनन्



एजेन्सी । क्रिकेटर सचिन तेन्दुलकरका छोरा तथा मुम्बई इन्डियन्सका बलर अर्जुन तेन्दुलकरलाई लखनउमा कुकुरले टोकेको छ । जसका कारण अर्जुनले १५ मेको एकना स्टेडियममा भएको अभ्यास सत्रमा बलिङ गर्न सकेनन् ।

लखनऊ सुपरजायन्ट्सले सोमबार राति ८ बजे अर्जुनको भिडियो ट्वीट गरेर यो जानकारी दिएको हो । भिडियोमा अर्जुन आफैंले एक दिन अघि कुकुरले हातमा टोकेको बताइरहेका छन् ।

अर्जुनले यो जानकारी लखनऊ सुपरजायन्ट्सका खेलाडी यदुवीर सिंहलाई दिइरहेका छन् । तर, खेल्ने क्रममा अर्जुनलाई घरपालुवा कुकुरले टोकेको स्रोतले जनाएको छ । यद्यपि, यसको पुष्टि कसैले पनि गरेको छैन । यसबारे टिमका अन्य खेलाडीबाट कुनै बयान आएको छैन ।

मुम्बई इन्डियन्स टोली लखनऊ सुपरजायन्ट्ससँग आईपीएल खेल्न लखनउको एकना स्टेडियममा आएको छ । टोलीलाई हयात होटलमा राखिएको छ । यस्तो अवस्थामा टोलीका खेलाडीहरू होटल पछि सिधै स्टेडियममा आउँछन् । अब अर्जुन तेन्दुलकरलाई कुकुरले स्टेडियममा टोकेको हो वा होटलमा, यो खुल्न सकेको छैन ।

आज साँझ ७ः४५ बजे लखनउ र मुम्बईबीच खेल हुँदैछ । प्लेअफ होड रोमाञ्चक बनिरहेका बेला दुबै टिमलाई जित अत्यन्त महत्वपूर्ण छ ।

मुम्बई इन्डियन्सको बेन्चमा विगत केही सिजनमा बसेर अर्जुन आईपीएल डेब्यूको पर्खाइमा थिए । उनले कोलकाता नाइट राइडर्सविरुद्ध आईपीएलमा डेब्यू गरेका थिए । डेब्यूपछि उनले लगातार ४ खेल खेले र त्यसपछि टिमबाट बाहिरिए । अर्जुनले खेलेका ४ खेलमा ३ विकेट लिएका छन् ।