२५ श्रावण २०८३, सोमबार
,
Latest
आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल खेल्न लखनउ पुगेका अर्जुन तेन्दुलकरलाई कुकुरले टोक्यो, बलिङ प्रशिक्षणमा सहभागी भएनन्



अ+ अ-

एजेन्सी । क्रिकेटर सचिन तेन्दुलकरका छोरा तथा मुम्बई इन्डियन्सका बलर अर्जुन तेन्दुलकरलाई लखनउमा कुकुरले टोकेको छ । जसका कारण अर्जुनले १५ मेको एकना स्टेडियममा भएको अभ्यास सत्रमा बलिङ गर्न सकेनन् ।

लखनऊ सुपरजायन्ट्सले सोमबार राति ८ बजे अर्जुनको भिडियो ट्वीट गरेर यो जानकारी दिएको हो । भिडियोमा अर्जुन आफैंले एक दिन अघि कुकुरले हातमा टोकेको बताइरहेका छन् ।

अर्जुनले यो जानकारी लखनऊ सुपरजायन्ट्सका खेलाडी यदुवीर सिंहलाई दिइरहेका छन् । तर, खेल्ने क्रममा अर्जुनलाई घरपालुवा कुकुरले टोकेको स्रोतले जनाएको छ । यद्यपि, यसको पुष्टि कसैले पनि गरेको छैन । यसबारे टिमका अन्य खेलाडीबाट कुनै बयान आएको छैन ।

मुम्बई इन्डियन्स टोली लखनऊ सुपरजायन्ट्ससँग आईपीएल खेल्न लखनउको एकना स्टेडियममा आएको छ । टोलीलाई हयात होटलमा राखिएको छ । यस्तो अवस्थामा टोलीका खेलाडीहरू होटल पछि सिधै स्टेडियममा आउँछन् । अब अर्जुन तेन्दुलकरलाई कुकुरले स्टेडियममा टोकेको हो वा होटलमा, यो खुल्न सकेको छैन ।

आज साँझ ७ः४५ बजे लखनउ र मुम्बईबीच खेल हुँदैछ । प्लेअफ होड रोमाञ्चक बनिरहेका बेला दुबै टिमलाई जित अत्यन्त महत्वपूर्ण छ ।

मुम्बई इन्डियन्सको बेन्चमा विगत केही सिजनमा बसेर अर्जुन आईपीएल डेब्यूको पर्खाइमा थिए । उनले कोलकाता नाइट राइडर्सविरुद्ध आईपीएलमा डेब्यू गरेका थिए । डेब्यूपछि उनले लगातार ४ खेल खेले र त्यसपछि टिमबाट बाहिरिए । अर्जुनले खेलेका ४ खेलमा ३ विकेट लिएका छन् ।