२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 22.12

Wind: 1.54

Humidity: 60

Latest
नारायणगढ–बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द आलेख : वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै अछाम आगलागीमा २७ घर नष्ट कोशीदेखि लुम्बिनीसम्मका केही जिल्लामा पर्‍यो पानी, काठमाडौंमा आज पर्ला ? डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना, तीन हजार नेपाली प्रभावित कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा रवि जेल चलान भएपछि रास्वपाको सचिवालय बैठक आज, के गर्दैछ निर्णय ? वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण: अर्थमन्त्री पौडेल सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि समितिको पहिलो बैठक: तरकारीमा विषादीदेखि बाँदर आतङ्कको विषय प्रवेश



अ+ अ-

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको आयात न्यूनीकरण गर्ने तथा आयातित तरकारीमा विषादीको मात्र परीक्षणलाई प्रभावकारी तुल्याउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

समिति सदस्यहरुले दिएको रायसुझाव र परामर्शका आधारमा समितिले मुलुकले आर्थिक सङ्कट झेल्नु परिरहेको अवस्थामा तरकारीमा आत्मनिर्भर हुने कार्यक्रम घोषणा गर्न तथा आयातित तरकारीमा देखिएको अत्यधिक विषादिको प्रयोग रोक्न परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

तरकारीमा विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर परेकाले सीमा नाकामै भरपर्दो परीक्षण गर्ने व्यवस्था मिलाउन समितिले सरकारलाई सुझाव दिने निर्णय गरेको छ । बैठकमा सदस्यले कृषिप्रधान मुलुक भनिए पनि समयमै किसानले सिचाई, मल, खाद्य र बिउ नपाएर प्रताडीत भएको घटना सुनाउँदै किसानलाई राहत हुने कार्यक्रम सूनिश्चित गर्न सरकारले प्रादेशिकरुपमा प्रभावकारी कार्ययोजना घोषणा गर्न माग गर्नुभयो ।

सरकारले कृषि क्षेत्रको उत्पादन बढाएर आयात घटाउने तथा निर्यात बढाउने नीति अघि सारेपनि परिणाम प्राप्त गर्ने उद्देश्य र योजना नभएकै कारण लक्ष्य हासिल गर्न कठिनाई भएको सदस्यहरुको भनाइ थियो ।

मध्य र पश्चिमका पहाडी जिल्लामा पछिल्लो समय बढदै गएको बाँदर आतङ्क रोक्ने विषयलाई पनि सरकारले प्राथमिकतामा राख्न बैठकमा सुझाव प्रस्तुत गरियो । बैठकमा भाग लिने अधिकाश सांसदले कृषि क्षेत्रको विकासका सम्भावना, समस्या र परिणाम प्राप्त गर्ने उपायकाबारेमा सुझाव प्रस्तुत गर्नुभयो ।

ज्येष्ठ सदस्य नवलकिशोर साह सुडीको अध्यक्षतामा बसेको पहिलो बैठकमा सदस्यलाई स्वागत गरिनुका साथै सदस्यबीच परिचय र समितिको कार्याक्षेत्रबारे जानकारी गराइयो ।

समितिको कार्यक्षेत्रभित्र वन तथा वातावरण, कृषि तथा पशुपक्षी विकास, भूमि, सहकारी तथा गरिवी निवारण रहेको छ । समितिमा ती मन्त्रालयका मन्त्री पदेन सदस्य रहने भए पनि आजको पहिलो बैठकमा कुनै पनि मन्त्री उपस्थित हुनुभएन । रासस