१६ भाद्र २०८३, मंगलवार
,
Latest
पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु ‘डीएनए’ नमूना संकलनपछि २८० शवको व्यवस्थापन भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग सुदूरपश्चिममा गौरा पर्व सुरु : आज घर घरमा बिरुडा राखि मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका आङटावा घाइते, राति नै अस्पताल पुर्‍याइयो



अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वसभासद् आङटावा शेर्पा घाइते भएपछि राति नै अस्पताल पुर्‍याइएको छ।

बाथरुम जाँदा चिप्लिएर लडेका आङटावाको टाउकोमा चोट लागेपछि राति नै अस्पताल पुर्‍याइएको थियो ।

काठमाडौं प्रहरी प्रवक्ता सिताराम रिजालले उनलाई बिहान ४ बजे तुरुन्तै वीर अस्पताल लगिएको र अहिले डिस्चार्ज भईसकेको जानकारी दिए ।

रामेछापका आङटावा नेपाली कांग्रेसका पूर्व सभासद् हुन्। हिरासतमा रहेका बिचौलियालाई बयान फेर्न दबाब दिएको आरोप लागेको उनी बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।