• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

प्लेअफमा पुग्ने पहिलो टिम बन्यो गुजरात, गिलको शतकीय पारीमा हैदरावादलाई ३४ रनले हरायो



एजेन्सी । आईपीएल २०२३ अन्तर्गत लिग चरणको ६२ औं खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको छ ।

यो जितसँगै गुजरात प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । गुजरातको १३ खेलपछि १८ अंक छ । यो टोली अंक तालिकाको शीर्ष स्थानमा छ । यता, हारसँगै हैदरावादका लागि भने प्लेअफको ढोका बन्द भएको छ ।

यस खेलमा पहिले ब्याटिङ गरेको गुजरातले नौ विकेट गुमाएर १८८ रन बनाएको थियो । जवाफमा हैदरावादको टोलीले ९ विकेट गुमाएर १ सय ५४ रन मात्रै बनाउन सक्यो ।

गुजरातका लागि शुभमन गिलले ब्याटिङमा १०१ रन बनाए । यस्तै, साई सुदर्शनले ४७ रनको इनिङ खेले । हैदरावादका भुवनेश्वर कुमारले ५ विकेट लिए । मार्को यानसेन, फजल हक फारुकी र टी नटराजनले एक–एक विकेट लिए । हैदरावादका लागि क्लासेनले ६४ र भुवनेश्वर कुमारले २७ रन बनाए । त्यस्तै गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले चार–चार विकेट लिए ।

सनराइजर्स हैदरावादका कप्तान एडेन मार्करामले टस जितेर गुजरातलाई ब्याटिङको निम्तो दिएका थिए । पहिलो ओभरको तेस्रो बलमा ऋद्धिमान साहालाई भुवनेश्वर कुमारले आउट गरे तर त्यसपछि शुभमन गिल र साई सुदर्शनले सानदार ब्याटिङ गरे ।

यस अवधिमा हैदरावादले सुदर्शनलाई रनआउट गर्ने मौका गुमाउनु परेको थियो । चौथो ओभरमा गिलले फजलहक फारुकीलाई लगातार चार चौका प्रहार गरे । पावरप्लेमा गुजरातको स्कोर एक विकेटमा ६५ रन थियो ।
अर्को ओभरमा गिलले २२ बलमा आफ्नो अर्धशतक पूरा गरे, जसमा उनले ९ चौका प्रहार गरे ।

गिल र सुदर्शनले निकै तेज ब्याटिङ गरे । दशौं ओभरमा दुवैले गुजरातको स्कोर १०० रनभन्दा माथि पुर्याएका थिए । दुवैले ५७ बलमा शतकीय साझेदारी पुरा गरे । गिलजस्तै सुदर्शन पनि अर्धशतकको नजिक पुगेका थिए, तर यानसेनको १५ औं ओभरको पहिलो बलमा बाउन्ड्री प्रहार गर्ने क्रममा नटराजनले क्याच लिए । उनले ३६ बलमा ४७ रन बनाए । शुभमन र सुदर्शनले दोस्रो विकेटका लागि १४७ रनको साझेदारी गरे ।

सुदर्शन आउट भएपछि गुजरातले नियमित अन्तरालमा विकेट गुमायो। २८ रनको अन्तरमा गुजरातले हार्दिक पाण्ड्या (८), डेभिड मिलर (७), राहुल तेवाटिया (३)को विकेट पनि गुमायो । त्यसपछि गिलले १९ औं ओभरमा ५६ बलमा आईपीएलको आफ्नो पहिलो शतक पूरा गरे, जसमा उनले १३ चौका र एक छक्का प्रहार गरे ।

शतक पूरा गर्ने बित्तिकै उनी ५८ बलमा १०१ रन बनाएर आउट भए । गुजरातले अन्तिम ६ ओभरमा ८ विकेट गुमाएर मात्र ४१ रन बनायो । गुजरातका लागि गिल र सुदर्शन बाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । यस टोलीका पाँच ब्याट्सम्यानले खाता पनि खोल्न सकेनन् ।

भुवनेश्वर कुमारको अन्तिम ओभरमा चार विकेट खसे । जसमध्ये तीन भुवीको नाममा र एक रनआउट भएका थिए । भुवनेश्वरले आफ्नो आईपीएल करियरमा दोस्रो पटक एक इनिङमा पाँच विकेट लिएका छन् । हैदरावादका बलरले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेका थिए । जसका कारण १५ ओभरमा दुई विकेट गुमाएर १५४ रन बनाएको गुजरातको टोलीले २० ओभरमा नौ विकेट गुमाएर १८८ रन मात्रै बनाउन सक्यो । भुवनेश्वरका अलावा हैदरावादका मार्को यानसेन, फजलहक फारुकी र टी नटराजनले एक–एक विकेट लिए । गुजरातको अन्तिम आठ विकेट ४१ रनमा खसेको थियो ।

१८९ रनको लक्ष्य पछ्याएको हैदरावादको सुरुवात पनि निकै खराब रह्यो । पहिलो ओभरमा अनमोलप्रीत सिंह पाँच रन बनाएर शामीको शिकार बने । त्यसको अर्को ओभरमा यश दयालले अभिषेक शर्मालाई साहाको हातमा क्याच आउट गराए । यसपछि शामीले राहुल त्रिपाठी र एडेन मार्करामलाई आउट गर्दै हैदरावादको स्कोर २९/४ मा झारेका थिए । पावरप्लेमा हैदरावादको टोली ४५ रन मात्रै बनाउन सकेको थियो ।

यसपछि सनवीर सिंह मोहित शर्माको शिकार बने । अब्दुल समदलाई पनि मोहितले चौका प्रहार गरेपछि आउट गरेका थिए । ४९ रनमा ६ विकेट गुमाएपछि हैदरावादको हार देखिएको थियो । एक छेउमा हेनरिक क्लासेनले नियन्त्रणमा राखे पनि अर्को छेउमा ब्याट्सम्यान आउट भएका थिए । समदपछि मार्को यानसेन पनि तीन रन बनाएर आउट भए ।

५९ रनमा सात विकेट खसेपछि हेनरिक क्लासेनले भुवनेश्वरसँगै इनिङलाई सम्हालेका थिए । दुवैले अर्धशतकीय साझेदारी गर्दै टोलीको स्कोर १०० रनभन्दा माथि पुर्याएका थिए । यस क्रममा क्लासेनले ३५ बलमा तीन चौका र तीन छक्काको मद्दतले अर्धशतक पुरा गरे पनि १८९ रनको लक्ष्य प्राप्त गर्न पर्याप्त भएन ।

मोहम्मद सामीलाई छक्का प्रहार गर्ने प्रयासमा इनिङ्सको १७औं ओभरमा हेनरिक क्लासेन पनि आउट भए । उनको विकेट झर्ने बित्तिकै गुजरातको जितको बाटो खुलेको थियो । यसपछि भुवनेश्वर पनि २७ रन बनाएर आउट भए । अन्त्यमा हैदरावादको टोलीले नौ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो । गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले चार–चार विकेट लिए । यश दयालले एक विकेट लिए ।