५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामो समय सत्तामा बसेर पनि उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजे – पूर्वप्रधानमन्त्री भट्टराई



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समायानुकलु जनताका एजेण्डाहरु बोकेर क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको बताउनुभएको छ ।

सोमवार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरेपनि पूर्ण रुपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकुल वर्तमान एजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताउनु भयो । उहाँले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताउनु भयो । उहाँले विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टहरुबाट अलग्गिनसक्ने खतरा रहेको उल्लेख गर्नुभयो । उहाँले जनताले नयाँ विकल्प खोजेपनि ठम्याउन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाईं त मुल रुपमा सम्पन्न गरका छौँ तर पूर्ण रुपमा विजयी पाउन सकेका होइनौँ । हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन, कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिहरुसँग पनि सम्झौता गर्न बाध्य भयौँ, त्यसले गर्दा जुन प्रकारका नीतिहरु लागू गर्न सक्नुपर्दथ्यो, खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा,त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो । हामीले सकेनौं । त्यसकारण युवामा जुन असन्तुष्टि छ । नयाँपन खोजिराखेको छ । नयाँ विकल्प खोजिराखे पनि ठम्याउन सकेका छैनन् ।

यस्तो बेलामा हिजोका क्रान्तिकारी शक्तिहरुले समयाअनकुल रुपान्तरण गर्न सकेनौं । हिजोका मात्रै गाथा गाएर बसिराख्यौँ भने जनता हामीबाट अलग हुन सक्ने खतरा मैले देखिराखेको छु । खासगरी क्रान्तिपछि लामो समय सत्तामा बसिराख्यो भने सम्पूर्ण नेतृत्व नै सत्तामा गयो भने सत्ताको जुन चास्नी हुन्छ । त्यसले भ्रष्टिकरण गदिदिन्छ । अहिले जुन प्रकारका भ्रष्टाचारका कुरा आइरहेको छ । त्यो त्यसैको एउटा संकेत हो । हामीले कसरी निरन्तर क्रान्तिकारी गरिराख्ने कसरी भ्रष्टिकरणबाट बच्ने भन्नेकुरा एउटा हो । अर्को समय अनकुल वर्तमान एजेण्डा र जनताको चाहना के हो । त्यसलाई ठम्याएर जनतालाई साथमा लिएर हामीले जान सक्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताउनु भयो ।