२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण एसियाली टेबलटेनिस च्याम्पियनसिपमा नेपाललाई स्वर्ण



अ+ अ-

काठमाडौँ । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा सोमबार स्वर्ण जितेको छ । नेपालले यु–१९ ब्वाइज टिम इभेन्टमा स्वर्ण जितेको टिम प्रशिक्षक सञ्जय अर्यालले जनाएका छन् ।

भारतको अरुणाचल प्रदेशस्थित इटानगरमा जारी प्रतियोगिताको उक्त स्पर्धामा नेपालले राउन्ड रोविन लिगमा सर्वाधिक अंक बटुल्दै स्वर्ण जितेको हो । सो स्पर्धामा नेपालसहित ४ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले बंगलादेशलाई ३–० तथा माल्दिभ्सलाई ३–२ ले पराजित गरेको थियो । श्रीलंकासंग भने नेपाल ३–१ ले चुक्यो । नेपालबाट सुजल गडाल, विश्व बानियाँ, विशाल गोले र सिद्धार्थ तामाङले प्रतिस्पर्धा गरेका थिए ।

अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले युथको कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले पहिलो पटक स्वर्ण जितेको हो ।