२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह हो– राजकिशोर यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद यादवले यो प्रकरणले सिंगो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सृजना गरिरहेको उल्लेख गर्दै त्यसलाई त्यही रुपमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ । यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ । त्यसैले यो सामान्य भ्रष्टाचार होईन । यो देशद्रोह हो । यसले आज सबै राजनीतिक वृत्तमा एउटा अविश्वासको वातावरण सृजना गरेको छ ।

र, यसलाई त्यही रुपमा लिई यो राष्ट्र द्रोह हो । त्यही रुपमा लिई यसलाई दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यक्ता देखिन्छ । साथसाथै अहिले जसरी ठूला देलका नेताहरु दिनहुँ भेटिरहेका छन । र, आम जनमानसमा एउटा शंका निर्माण हुने अवस्था सृजना भएको छ ।’

सांसद यादवले सो प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरु सक्रिय भईरहेको आशंका पनि व्यक्त गर्नु भयो ।