२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह हो– राजकिशोर यादव



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताउनु भयो ।

सांसद यादवले यो प्रकरणले सिंगो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सृजना गरिरहेको उल्लेख गर्दै त्यसलाई त्यही रुपमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ । यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ । त्यसैले यो सामान्य भ्रष्टाचार होईन । यो देशद्रोह हो । यसले आज सबै राजनीतिक वृत्तमा एउटा अविश्वासको वातावरण सृजना गरेको छ ।

र, यसलाई त्यही रुपमा लिई यो राष्ट्र द्रोह हो । त्यही रुपमा लिई यसलाई दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यक्ता देखिन्छ । साथसाथै अहिले जसरी ठूला देलका नेताहरु दिनहुँ भेटिरहेका छन । र, आम जनमानसमा एउटा शंका निर्माण हुने अवस्था सृजना भएको छ ।’

सांसद यादवले सो प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरु सक्रिय भईरहेको आशंका पनि व्यक्त गर्नु भयो ।