२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको सिटीको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको म्यान्चेस्टर सिटीले सजह जित निकालेको छ ।

आइतबार राति सम्पन्न खेलमा सिटीले एभर्टनलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन इल्काए गुन्डोवानले दुई तथा एर्लिङ हालाण्डले एक गोल गरे । खेलको ३७ औं मिनेटमा गुन्डोवानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै ३९ औं मिनेटमा हालाण्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

गुन्डोवानले उपलब्ध गराएको पासलाई हालाण्डले हेडरमार्फत गोल गरेका हुन् । ५१ औं मिनेटमा गुन्डोवानले फ्रिकिकमार्फत सुन्दर गोल गर्दै उपाधि होडमा रहेको सिटीलाई महत्वपूर्ण तीन अंक दिलाए ।

शीर्षस्थानको सिटीको ३५ खेलबाट ८५ अंक छ । एभर्टन ३६ खेलबाट ३२ अंकका साथ तालिकाको १७ औं स्थानमा छ ।