२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । भारतीय सेनाद्वारा आज नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले जङ्गी अड्डा (ग्राण्ड हल) मा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । 

कोभिड(१९ महामारीको विरुद्धमा लड्न भेन्टिलेटर, आइसिउ वेड, पिपिई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्रीहरु प्रदान गरीएको छ । हस्तान्तरण कार्यक्रममा महारथी थापाले भारतीय महामहिम राजदूतलाई भारतीय सेनाले प्रदान गरेको सहयोगका लागि हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।