• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

राजस्थान ५९ रनमा अलआउट, बैंगलोरसँग ११२ रनले पराजित



Reece Topley of Royal Challengers Bangalore celebrates the wicket of Sanju Samson of Rajasthan Royals during match 60 of the Tata Indian Premier League between the Rajasthan Royals and the Royal Challengers Bangalore held at the Sawai Mansingh Stadium, Jaipur on the 14th May 2023 Photo by: Pankaj Nangia / SPORTZPICS for IPL

एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले लज्जास्पद हार बेहोरेको छ । आइतबार साँझ सम्पन्न खेलमा राजस्थान रोयल च्यालेन्जर्स बैंगलोरसँग ११२ रनले पराजित भएको हो ।

१७२ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान १०.३ ओभरमा अलआउट हुँदै ५९ रनमात्र जोड्यो । शिमरोन हेटमायरले १९ बलमा ३५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

जोय रुटले १५ बलमा १० रन जोडे । पाँच ब्याट्सम्यानले त खातासमेत खोल्न सकेनन् । बैंगलोरका लागि बलिङतर्फ वायन पर्नेलले तीन, करण शर्मा र मिचेल ब्रासवेलले दुई–दुई विकेट लिए भने मोहम्मद सिराज र ग्लेन म्याक्सवेलले एक–एक विकेट लिए ।

त्यसअघि राजस्थानको जयपुरमा टस जितेर ब्याटिङ थालेको आरसीबीले २० ओभरमा ५ विकेटको क्षतिमा १७१ रन जोडेको हो । बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४ बलमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, ग्लेन म्याक्सवेलले ३३ बलमा ५४ रनको अर्धशतकीय इनिङ्स खेले । विराट कोहलीले १९ बलमा १८ रन जोड्दा अनुज रावत ११ बलमा २० रनसहित अविजित रहे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडेनन् ।

बलिङतर्फ राजस्थानका लागि एडम जाम्पा र केएम आसिफले दुई विकेट लिँदा सन्दीप शर्माले एक विकेट लिए ।