२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजूको नाम जोडिएपछि तरुण दलको आपत्ति



फाईल फोटो
अ+ अ-

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाको नाम जोडिएकोप्रति नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले आपत्ति जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले आरजूको नाम जोडेर विभिन्न सञ्चार माध्यममा विदेश भागेको र व्यक्तीगत चरित्र हत्या गर्ने खालको अनर्गल कुराहरुप्रति ध्यानाकर्षण जनाएका हुन् ।

भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुदा कुनै ठोस प्रमाणबिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो । यस प्रती सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिती आग्रह गर्दछ’विज्ञप्तिमा भनिएको छ ।

सो प्रकरणमा कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित एक दर्जन बढी व्यक्ति पक्राउ परिसकेका छन् ।