९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

चेन्नई र कोलकाता भिड्दैः चेन्नईले जिते प्लेअफमा, कोलकाता ‘गर या मर’को स्थितीमा

चेन्नई र कोलकाता भिड्दैः चेन्नईले जिते प्लेअफमा, कोलकाता ‘गर या मर’को स्थितीमा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दोहोरो हेडर खेल हुँदैछ । आजको दोस्रो खेल चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ ।

यी दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियममा बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

यो खेल जितेर चेन्नई प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बन्नेछ भने कोलकाता प्लेअफको दौडबाट बाहिरिने छ । त्यसैले कोलकाताका लागि यो गर या मरको प्रतिस्पर्धा हो । दुवै टोली सिजनमा दोस्रो पटक भिड्दैछन् । यसअघि दुवै ३३औं खेलमा आमनेसामने भएका थिए । जसमा चेन्नई ४९ रनले विजयी भएको थियो ।

आजको पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंग्लोरबीच जयपुरको सवाई मानसिंह स्टेडियममा हुनेछ । यो खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

चेन्नईले यो सिजन अहिलेसम्म १२ खेल खेलेको छ । जसमा उसले सात खेलमा जित र चार खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण अनिर्णित रह्यो । टोलीको हाल १५ अंक छ । डेभन कोनवे, मोइन अली, महिश तिक्षाना र मिचेल सेन्टनर कोलकाताविरुद्धको टोलीका ४ विदेशी खेलाडी हुन सक्छन् । यी बाहेक तुषार देशपाण्डे, ऋतुराज गायकवाड र रविन्द्र जडेजाजस्ता खेलाडी उत्कृष्ट लयमा छन् ।

कोलकाताले यो सिजन हालसम्म खेलेका १२ खेलमध्ये ५ जित र ७ हारेको छ । टोलीको १० अंक छ । चेन्नई विरुद्धको टोलीका ४ विदेशी खेलाडी जेसन रोय, रहमानउल्लाह गुरबाज, आन्द्रे रसेल र सुनिल नारायण हुन सक्छन् । यी बाहेक वरुण चक्रवर्ती, वेंकटेश अय्यर र रिंकु सिंहले टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

हेड टु हेडको कुरा गर्ने हो भने चेन्नई र कोलकाताबीच अहिलेसम्म कुल २८ खेल खेलिएको छ । जसमध्ये १८ खेल चेन्नई र ९ खेल कोलकाताले जितेको छ । यस्तै, एक खेल अनिर्णित रह्यो । चेपौकमा कोलकाताको कीर्तिमान झनै खराब छ । यहाँ यी दुईबीच ९ खेल भएका थिए जसमा केकेआरले २ मात्रै जित्न सकेको थियो । यस मैदानमा चेन्नईले ७ खेल जितेको छ ।

चेन्नईको चेपौक स्टेडियमको पिचमा स्पिन बलरहरूको प्रभुत्व रहेको छ भने ब्याट्सम्यानलाई यो पिचमा रन बनाउन निकै गाह्रो छ । चेन्नईमा आइतबारको मौसम तातो हुने भएको छ । यहाँको तापक्रम ३० देखि ३९ डिग्री सेल्सियससम्म रहनेछ ।

दुबै टिमका सम्भावित सुरुवाती ११
चेन्नई सुपर किंग्सः महेन्द्र सिंह धोनी (कप्तान र विकेटकीपर), डेभोन कोनवे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, अम्बाती रायडु, शिवम दुबे, मोइन अली, रविन्द्र जडेजा, महिश तिक्षाना, तुषार देशपांडे र दीपक चाहर ।

कोलकाता नाइट राइडर्सः नितिश राणा (कप्तान), जेसन रोय, वेंकटेश अय्यर, रहमानउल्लाह गुरबाज (विकेटकिपर), आन्द्रे रसेल, सुनिल नारायण, रिंकु सिंह, अनुकुल रोय, शार्दुल ठाकुर, हर्षित राना र वरुण चक्रवर्ती ।

अंकतालिकाः