• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

आईपीएलः दर्शकलाई आलोचना गरेपछि क्लासेनमाथि लाग्यो जरिवाना



एजेन्सी । शनिबार (मे १३) मा घरेलु मैदान राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सनराइजर्स हैदरावाद लखनउ सुपरजाइन्ट्ससँग ७ विकेटले पराजित भएको थियो ।

यो हारपछि टोलीका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनलाई ठूलो जरिवाना गरिएको छ । आईपीएलको आचारसंहिता उल्लंघन गरेको आरोपमा क्लासेनलाई म्याच शुल्कको १० प्रतिशत जरिवाना गरिएको हो ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान क्लासेनले २९ बलमा ४७ रन बनाए । उनको मद्दतमा हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो । जवाफमा लखनउ सुपर जाइन्ट्सले १९.२ ओभरमा तीन विकेट गुमाएर १८५ रन बनाएर खेल जित्यो । उनले खेलको क्रममा लेग अम्पायरसँग झगडा गरेका थिए । यसै क्रममा उनले इनिङ्स सकिएपछि प्रसारकसँगको कुराकानीमा दर्शकको आलोचना गरे ।

‘क्लासेनले आईपीएल आचार संहितामा सार्वजनिक आलोचनारअनुपयुक्त टिप्पणीको प्रयोगसँग सम्बन्धित धारा २(७) अन्तर्गत लेभल १ अपराध स्वीकार गरेका छन्’ आईपीएलले एक विज्ञप्तिमा भनेको छ ।

सबै विवाद खेलको १९ औं ओभरको तेस्रो बलपछि सुरु भयो । आवेश खानको फुल टस बलमा अब्दुल समदले एक रन लिए । यो ब्याट्सम्यानका लागि खतरनाक बल थियो । अम्पायरले नो बल घोषित गरे । लखनउका कप्तान क्रुणाल पाण्ड्याले यो नो बलको रिभ्यु लिए । त्यसपछि थर्ड अम्पायरले मैदानमा रहेका अम्पायरको निर्णय परिवर्तन गरे । उनले नो बल दिएनन् । अब्दुल समद यसबाट खुसी थिएनन् । यसबारे उनले लेग अम्पायरलाई गुनासो गरेका थिए । क्लासेन अम्पायरसँग झगडा गरिरहेका थिए ।

चौथो बलमा आवेश खानले हेनरिक क्लासेनलाई एक रन पनि बनाउन दिएनन् । यसैबीच, मैदानमा रहेका अम्पायर लखनउ डगआउट नजिक पुगेर सहयोगी स्टाफसँग कुरा गरिरहेको देखियो । उनले सनराइजर्स हैदरावादका स्पिन प्रशिक्षक मुथैया मुरलीधरनसँग कुरा गरे । त्यसपछि सामाजिक सञ्जालमा धेरै भिडियो र तस्बिर भाइरल भए । क्लासेनले दर्शकहरूको मनोवृत्तिको आलोचना गरे, जसको लागि उनलाई जरिवाना गरिएको थियो ।