९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पञ्जावसँग ३१ रनले हारेसँगै प्लेअफबाट बाहिरियो दिल्ली, प्रभसिमरनको करियरकै पहिलो शतक

पञ्जावसँग ३१ रनले हारेसँगै प्लेअफबाट बाहिरियो दिल्ली, प्रभसिमरनको करियरकै पहिलो शतक
David Warner of Delhi Capitals and Shikhar Dhawan of Punjab Kings at the toss during match 59 of the Tata Indian Premier League between the Delhi Capitals and the Punjab Kings held at the Arun Jaitley Stadium, Delhi on the 13th May 2023 Photo by: Pankaj Nangia / SPORTZPICS for IPL
अ अ+ अ-

एजेन्सी । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनबाट बाहिरिएको छ । घरेलु मैदानमा दिल्ली पञ्जाव किंग्ससँग ३१ रनले पराजित भएको हो ।

दिल्लीले १२ मध्ये आठौं खेल हारेको छ । यदि उसले अर्को दुई खेल जित्यो भने पनि दिल्लीले १२ अंक मात्र जोड्न सक्नेछ, जबकि तालिकाको चौथो स्थानमा रहेको टोलीको १३ अंक छ । यस्तो अवस्थामा दिल्ली यस सिजनबाट बाहिरिएको भन्न सकिन्छ । दिललीले प्लेअफमा स्थान बनाउन नसकेको हो ।

अरुण जेटली रंगशालामा शनिबार साँझ भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले पावरप्लेमा राम्रो सुरुवात गरेको थियो । दुवै ओपनरले ६९ रनको साझेदारी गरे पनि पावरप्लेपछि पञ्जावका स्पिनरहरूले दिल्लीका ब्याट्सम्यानलाई कसेर राखे । टोलीले १९ रनभित्रै ६ विकेट गुमाएको थियो । ६९ रनमा शून्य विकेट गुमाएको दिल्लीको ८८ रनसम्म पुग्दा ६ विकेट झर्यो ।

फिलिप साल्टलाई बोल्ड गरेपछि हरप्रीत ब्रारले रिले रुसो (५ रन), डेभिड वार्नर (५४ रन) र मनिष पाण्डे (० रन) को विकेट लिए । उनले ४ ओभरमा ३० रन दिए । टोलीका दोस्रो स्पिनर राहुल चाहरले पनि घातक बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर मिचेल मार्स (३ रन) र अक्षर पटेल (१ रन) विकेट लिए । ब्रार–चाहरपछि नाथन एलिसले अमान खान र प्रवीण दुबेलाई १६–१६ को स्कोरमा आउट गरे ।

यसअघि पञ्जावका लागि प्रभसिमरनले १०३, साम करनले २० र सिकन्दर रजाले ११ रन बनाएका थिए । दिल्लीका इशान्त शर्माले २ विकेट लिए । अक्षर पटेल, प्रवीण दुबे, कुलदीप यादव र मुकेश कुमारले एक–एक विकेट लिए ।

Prabhsimran Singh of Punjab Kings raises his bat after scoring a hundred during match 59 of the Tata Indian Premier League between the Delhi Capitals and the Punjab Kings held at the Arun Jaitley Stadium, Delhi on the 13th May 2023
Photo by: Deepak Malik / SPORTZPICS for IPL

डेभिड वार्नरले करियरको ६० औं अर्धशतक पूरा गरे । उनले २३ बलमा अर्धशतक पूरा गरे । वार्नर यस लिगमा सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान हुन् । उनले पञ्जावविरुद्ध १३ औं पटक अर्धशतक बनाएका हुन् ।

अरुण जेटली रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओपनर प्रभसिमरन सिंहले करियरको पहिलो शतक प्रहार गरे । उनले ६१ बलमा शतक पूरा गरे । प्रभसिमरनले ६५ बलमा १५८.४६ को स्ट्राइक रेटमा १०३ रन बनाए । उनको इनिङ्समा १० चौका र ६ छक्का समावेश थियो । टोलीका बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् ।