• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   यो हो संसारकै सबैभन्दा गर्मी ठाउँ, तापक्रम कति होला ? ★   जुनसुकै रङको साबुन भएपनि फिँज किन सेतो नै हुन्छ ? ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ★   प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैनः अध्यक्ष नेपाल ★   अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयो: पूर्वअर्थमन्त्री पौडेल ★   मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडानी बने भारतका सबैभन्दा धनी व्यापारी ★   सहमतिबाट नेतृत्व चयन हुने झलनाथको विश्वास ★   औद्योगिक राजधानी घोषणामा विलम्ब ★   रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप ★   विराट कोहलीलाई तेस्रो पटक ‘ओडीआई क्रिकेटर अफ द इयर’को अवार्ड

पञ्जावसँग ३१ रनले हारेसँगै प्लेअफबाट बाहिरियो दिल्ली, प्रभसिमरनको करियरकै पहिलो शतक



David Warner of Delhi Capitals and Shikhar Dhawan of Punjab Kings at the toss during match 59 of the Tata Indian Premier League between the Delhi Capitals and the Punjab Kings held at the Arun Jaitley Stadium, Delhi on the 13th May 2023 Photo by: Pankaj Nangia / SPORTZPICS for IPL

एजेन्सी । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को चालू सिजनबाट बाहिरिएको छ । घरेलु मैदानमा दिल्ली पञ्जाव किंग्ससँग ३१ रनले पराजित भएको हो ।

दिल्लीले १२ मध्ये आठौं खेल हारेको छ । यदि उसले अर्को दुई खेल जित्यो भने पनि दिल्लीले १२ अंक मात्र जोड्न सक्नेछ, जबकि तालिकाको चौथो स्थानमा रहेको टोलीको १३ अंक छ । यस्तो अवस्थामा दिल्ली यस सिजनबाट बाहिरिएको भन्न सकिन्छ । दिललीले प्लेअफमा स्थान बनाउन नसकेको हो ।

अरुण जेटली रंगशालामा शनिबार साँझ भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो ।

१६८ रनको लक्ष्य पछ्याएको दिल्लीले पावरप्लेमा राम्रो सुरुवात गरेको थियो । दुवै ओपनरले ६९ रनको साझेदारी गरे पनि पावरप्लेपछि पञ्जावका स्पिनरहरूले दिल्लीका ब्याट्सम्यानलाई कसेर राखे । टोलीले १९ रनभित्रै ६ विकेट गुमाएको थियो । ६९ रनमा शून्य विकेट गुमाएको दिल्लीको ८८ रनसम्म पुग्दा ६ विकेट झर्यो ।

फिलिप साल्टलाई बोल्ड गरेपछि हरप्रीत ब्रारले रिले रुसो (५ रन), डेभिड वार्नर (५४ रन) र मनिष पाण्डे (० रन) को विकेट लिए । उनले ४ ओभरमा ३० रन दिए । टोलीका दोस्रो स्पिनर राहुल चाहरले पनि घातक बलिङ गर्दै ४ ओभरमा १६ रन दिएर मिचेल मार्स (३ रन) र अक्षर पटेल (१ रन) विकेट लिए । ब्रार–चाहरपछि नाथन एलिसले अमान खान र प्रवीण दुबेलाई १६–१६ को स्कोरमा आउट गरे ।

यसअघि पञ्जावका लागि प्रभसिमरनले १०३, साम करनले २० र सिकन्दर रजाले ११ रन बनाएका थिए । दिल्लीका इशान्त शर्माले २ विकेट लिए । अक्षर पटेल, प्रवीण दुबे, कुलदीप यादव र मुकेश कुमारले एक–एक विकेट लिए ।

Prabhsimran Singh of Punjab Kings raises his bat after scoring a hundred during match 59 of the Tata Indian Premier League between the Delhi Capitals and the Punjab Kings held at the Arun Jaitley Stadium, Delhi on the 13th May 2023
Photo by: Deepak Malik / SPORTZPICS for IPL

डेभिड वार्नरले करियरको ६० औं अर्धशतक पूरा गरे । उनले २३ बलमा अर्धशतक पूरा गरे । वार्नर यस लिगमा सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान हुन् । उनले पञ्जावविरुद्ध १३ औं पटक अर्धशतक बनाएका हुन् ।

अरुण जेटली रंगशालामा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओपनर प्रभसिमरन सिंहले करियरको पहिलो शतक प्रहार गरे । उनले ६१ बलमा शतक पूरा गरे । प्रभसिमरनले ६५ बलमा १५८.४६ को स्ट्राइक रेटमा १०३ रन बनाए । उनको इनिङ्समा १० चौका र ६ छक्का समावेश थियो । टोलीका बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् ।