२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरनको तुफानी पारीमा लखनउले हैदरावादलाई ७ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इंन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपरजायन्ट्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

शनिबार साँझ सम्पन्न खेलमा लखनउले हैदरावादलाई उसकै मैदानमा ७ विकेटले पराजित गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको लखनउले १९.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

लखनउको जितमा निकोलस पुरनले तुफानी ब्याटिङ गरे । उनले १३ बलमा ४४ रन जोडे । क्रिजमा आउनेवित्तिकै पुरनले लगातार तीन छक्का प्रहार गर्दै लखनउलाई जिततर्फ अघि बढाएका थिए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै, प्रेरक मांकडले ४५ बलमा ६४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७ चौका र २ छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले २५ बलमा ४० रनको योगदान दिँदा क्वीन्टन डी ककले १९ बलमा २९ रन जोडे । हैदरावादको बलिङतर्फ ग्लेन फ्लिप्स, मयंक मार्कन्डे र अभिषेक शर्माले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । हैदरावादका लागि हेन्रिक क्लासेनले २९ बलमा ४७, अनमोलप्रीत सिंहले २७ बलमा ३६ रन जोड्दा अब्दुल समद २५ बलमा ३७ रनमा अविजित रहे ।

यस्तै, एडेन मार्करमले २० बलमा २८ रन जोडे । राहुल त्रिपाठीले १३ बलमा २० रन जोडे । लखनउका लागि बलिङतर्फ क्रुणाल पाण्ड्याले दुई विकेट लिए भने युधवीर सिंह, आवेश खान, यश ठाकुर र अमित मिश्राले एक–एक विकेट लिए ।