२५ श्रावण २०८३, सोमबार
,
Latest
क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी इन्डोनेसियामा ‘कार रेस’ दुर्घटनामा आठ जनाको मृत्युः प्रहरी उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै भन्सार छलेर ल्याइएका सामान बरामद आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरनको तुफानी पारीमा लखनउले हैदरावादलाई ७ विकेटले हरायो



अ+ अ-

एजेन्सी । इंन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत लखनउ सुपरजायन्ट्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

शनिबार साँझ सम्पन्न खेलमा लखनउले हैदरावादलाई उसकै मैदानमा ७ विकेटले पराजित गरेको हो । १८३ रनको लक्ष्य पछ्याएको लखनउले १९.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

लखनउको जितमा निकोलस पुरनले तुफानी ब्याटिङ गरे । उनले १३ बलमा ४४ रन जोडे । क्रिजमा आउनेवित्तिकै पुरनले लगातार तीन छक्का प्रहार गर्दै लखनउलाई जिततर्फ अघि बढाएका थिए । उनले ४ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै, प्रेरक मांकडले ४५ बलमा ६४ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ७ चौका र २ छक्का प्रहार गरे । मार्कुस स्टोइनिसले २५ बलमा ४० रनको योगदान दिँदा क्वीन्टन डी ककले १९ बलमा २९ रन जोडे । हैदरावादको बलिङतर्फ ग्लेन फ्लिप्स, मयंक मार्कन्डे र अभिषेक शर्माले एक–एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । हैदरावादका लागि हेन्रिक क्लासेनले २९ बलमा ४७, अनमोलप्रीत सिंहले २७ बलमा ३६ रन जोड्दा अब्दुल समद २५ बलमा ३७ रनमा अविजित रहे ।

यस्तै, एडेन मार्करमले २० बलमा २८ रन जोडे । राहुल त्रिपाठीले १३ बलमा २० रन जोडे । लखनउका लागि बलिङतर्फ क्रुणाल पाण्ड्याले दुई विकेट लिए भने युधवीर सिंह, आवेश खान, यश ठाकुर र अमित मिश्राले एक–एक विकेट लिए ।